
क्वालालम्पुर अप्रिल ३
नेकपा एमाले प्रवासी नेपाली मजदुर संघ मलेसिया ले आन्दोलन तथा युद्दरत राष्ट्रहरुमा रहेका नेपाली हरुको उद्द्वार कार्यमा ढिलाई नगर्न सरकार संग अनुरोध गरेको छ ! इजिप्ट, लिबिया, बहराइन र सिरिया लगाएतका खाडी राष्ट्रहरुमा आन्दोलन चर्किरहेको कारण त्यहाँ स्थित रहेका नेपाली मजदुरहरु असुरक्षित रहेको खवर मिडियाहरुमा वारम्वार आइरहदा संघले उक्त अनुरोध गरेको हो ! संघले आन्दोलनरत खाडी राष्ट्रहरुमा रहेका नेपाली मजदुरहरु लाई नेपाल सरकारले कुटनीतिक पद्दति अवलम्वन गरि तुरुन्त स्वदेश फर्काउन व्यवस्था गर्न सरकार समक्ष अनुरोध गरेको छ! संघ का अध्यक्ष अमर ओली श्रमजीवीले एक वक्तव्य प्रकाशित गर्दै टेलिफोन मार्फत प्रधानमन्त्री झलनाथ खनाल समक्ष उक्त कुराको अनुरोध गर्नु भयको हो !