साहित्य

विनो लामा दुखिया
पुँडीटार-९ लखनपुर रामेछाप

ढुङ्गाले नै डुबाउछ छाल पर्खिबस्नेलाई
जिन्दगीले नै रुवाउछ काल पर्खिबस्नेलाई

बुद्धभूमि पनि आज युद्ध भूमि जस्तो भयो
तरवारले नै सिध्याउछँ ढाल पर्खिबस्नेलाई

हाँसो जस्तो तर्के झारी रुवाएर जान्छा कतै
आशुले नै डुबाउछ ताल पर्खिबस्नेलाई

जिन्दगीको जुवा खेल्न छडिसके सबैले नै
कति दुःख भएछ खाल पर्खिबस्नेलाई

कसरी यो सम्झाउनु कसरी पो फकाउनु
भान्छा उठे सकिए पछि थाल पर्खिबस्नेलाई

दुखिया लाई नै पिन्जडामा नदेखेर होला आज
सारै रिस उठेको छ जाल पर्खिबस्नेलाई