पाण्डवप्रसाद शर्मा
रामपुर -दाङ असार । सम्पर्ूण्ा परिवार युनिटी नेर्टवर्कमा लाग्दा दाङको एक दलित परिवार घरबारबिहीन भएको छ । रामपुर गाविस-३ बालिमखोला निवासी पदमप्रसाद विक जग्गा बेचेको रकमबाट सातजनाको परिवारलाई युनिटीको सदस्य बनाउ“दा अहिले अलपत्र परेका छन् ।
एक ठाउ“को जग्गा बेचेर अर्को ठाउ“मा किन्ने तयारी गरेका विकलाई युनिटी प्रतिनिधिहरुले धेरै आम्दानी हुने प्रलोभन देखाएर सपरिवारलाई सदस्य बनाइदिएपछि उनी अहिले रातदिन रोइकराइ गरिरहेका छन् । श्रीमती अमृताका साथै छोरीहरु ११ वषर्ीया जुनु, ९ वषर्ीया गीता, ७ वषर्ीया शर्मिला, ४ वषर्ीया डिला र २ वषर्ीया आराधनालाई समेत सदस्य बनाइदिएर युनिटी प्रतिनिधिहरुले उनको १ लाख १ हजार रुपैया“ लिएका थिए ।
उनले एक वर्षघि युनिटीमा रकम बुझाएका हुन् । त्यसक्रममा उनले १० प्रतिशत ब्याज पाउने, सबैको बीमा हुने, नियमित लाभांश आउनेलगायतका आश्वासन पाएका थिए । विकले जग्गा बेचेको रकममा १५ हजार थप ऋण लिएर युनिटीका प्रतिनिधि लालचन्द्र बञ्जाडेलाई बुझाएको बताए । पछि पाएको लाभांश ४ हजार २ सयसहित अहिले उनले पाउनुपर्ने रकम १ लाख ५ हजार २ सय छ ।
विक परिवारलाई अहिले छोरीहरु पढाउनसमेत समस्या परेको छ । स्थानीय शिक्षिका तारा पौडेलले रातदिन घरमा आएर युनिटीको सदस्य बन्न आग्रह गरेपछि आफू सदस्य बनेको विकले बतँएका छन् । 'सधैं तारा म्याडम आएर सदस्य बन, राम्रो कमाइ गर्न सकिन्छ भनेर ललाइफकाई गरेपछि म युनिटीको सदस्य बनेको हु“'- विकले भनेेे- 'अहिले रकम फिर्ताको लागि पटक-पटक आग्रह गर्दा समेत यो केन्द्रको समस्या हो भनेर आलटाल गरिरहनुभएको छ ।'
एकातर्फविक परिवार आर्थिक अभावले पिरोलिएको छ भने अर्कोतर्फरकम फिर्ता हुने हो कि होइन भनेर चिन्तित भइरहेको छ । आफूलाई अहिले छोराछोरी कसरी पढाउने भनेर चिन्ता लागेको बताउ“दै पदमप्रसादले युनिटीबाट रकम फिर्ता गर्राई दिन सबैलाई आग्रह गरे ।
यहा“का अन्य दलित परिवारलाई पनि युनिटीका सदस्यहरुले ललाइफकाइ सदस्य बनाएका छन् । विकको परिवारलाई सदस्य बनाउन सहयोग गर्ने शिक्ष्ँिका तारा पौडेलले आफू पनि थाहा नपाएर युनिटीबाट ठगिएको बताइन् । उनले आफूले विक परिवारलाई युनिटीको बारेमा जानकारी दिए पनि सदस्य बन्न आग्रह नगरेको दावी गरिन् ।
यसैगरी विकलाई सदस्य बनाउने लालचन्द्र बञ्जाडेले यो राष्ट्रिय समस्या भएकाले आफूले मात्रै केही गर्न नसक्ने बताए । उनले यसबाट सबै ठगिएकाले कि त सरकारले कि कम्पनीले रकम फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरे । विकलाई आफूले सदस्य नबनाएको समेत उनलेे दावी गरे ।
यस सम्बन्धमा जिज्ञासा रँख्दा युनिटीका जिल्लास्तरीय एक पदाधिकारीले जनताबाट संकलित रकम नेपालमै रहेकाले हरायो कि भनेर नआत्तिन आग्रह गरे । 'युनिटीले गरेको काम ठगी कार्य हो भनी अहिलेसम्म कतैबाट प्रमाणित नभएको र गैरकानुनी भए कानुनी दायरामा ल्याउने प्रयास गर्नुपर्नेमा सरकारले अदृश्य शक्ति केन्द्रको उक्साहटमा कारवाही गरेको छ'- ती पदाधिकारीले भने-'रकम सुक्षित छ, अनुकूल परिस्थिति सिर्जना भएपछि त्यो लक्षित काममा प्रयोग हुनेछ वा फिर्ता लिन चाहनेले रकम फिर्ता लिन सक्नेछन् ।'
सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न आग्रहकाठमाडौँ, जेठ । संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न साना दलले ठूला दललाई सत्ताको होडबाजीमा नलागी संविधान लेखनमा लाग्न सुझाव दिएका छन् ।
संवैधानिक समितिद्वारा सोमबार यहाँ आयोजित संविधानसभामा रहेका दलसँगको संयुक्त बैठकमा बोल्ने क्रममा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
एकीकृत नेकपा -माओवादी, नेपाली काङ्ग्रेस र नेकपा -एमाले ले तीनबुँदे सहमतिको आआˆनै कोणबाट व्याख्या गरेर अघि बढेमा अबको एक वर्षभित्र पनि संविधान बन्न नसक्ने चिन्ता प्रकट गर्दै उनीहरूले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न आग्रह गरेका हुन् ।
उनीहरूले यसअघि तोकिएको दुई वर्षको समयभित्र संविधान बन्न किन सकेन भन्नेबारे सबै दलले समीक्षा गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनी, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धरलगायतले दलहरूबीच विभिन्न असहमति रहे पनि टुङ्गो लगाउन सकिने विषयलाई छिनोफानो लगाउँदै जानुपर्ने विचार राख्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको अवस्थामा जनवादी संविधान बन्न नसक्ने भएकाले सबै दलको सहमतिमा पुँजीवादी संविधान बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्ने एकीकृत नेकपा -माओवादी)का नेताहरूले प्रध्ाानमन्त्रीले १४ जेठको तीनबुँदे सहमतिअनुसार अहिलेसम्म राजीनामा नदिएकाले र काङ्ग्रेस तथा एमालेले यसको अपव्याख्या गरेकाले समस्या चर्कंदै गएको भनाइ राखेका थिए ।
यस्तै काङ्ग्रेस र एमालेका नेताहरूले एमाओवादीले तीनबुँदे सहमतिअनुसार शान्तिप्रक्रिया र संविधान बनाउने खाका प्रस्तुत नगरेको बताएका थिए ।
संवैधानिक समितिका अध्यक्ष नीलाम्बर आचार्यले संविधानसभामा रहेका सबै दलसँगको परामर्शपछि सो बैठक बोलाइएको जानकारी दिँदै यस बैठकले आगामी दिनमा सहमति गरेर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे मार्गप्रशस्त गर्ने आशा व्यक्त गर्नुभयो ।
सोमबारको बैठकमा दलहरूले विगत दुई वर्षमा किन संविधान बन्न सकेन र अब कसरी सहमति गरेर जाने भन्नेबारे चिन्ता व्यक्त गरेकाले यो बैठक निकै महìवपूर्ण हुने उहाँले बताउनुभयो ।
कार्यान्वयन नभए जुनसुकै सम्झौता गर्नुको कुनै अर्थ नरहने टिप्पणी गर्दै अध्यक्ष आचार्यले दलहरूलाई आफैँले गरेको सम्झौता पालना गर्न आग्रह गर्नुभयो ।
सबै दलका नेताहरूले आआˆनो भनाइ राख्ने क्रम सोमबार नसकिएकाले सो बैठक मङ्गलबारका लागि पुनः बोलाइएको छ ।
यसैबीच एकीकृत नेकपा -माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिएकोमा आश्चर्य प्रकट गर्नुभएको छ ।
संवैधानिक समितिद्वारा सोमबार संविधानसभा सचिवालयमा आयोजित संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँगको संयुक्त बैठकमा सहभागी भई बाहिरिने क्रममा पत्रकारसँगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
आˆनो पार्टीले अझै पनि जेठ १४ गते भएको तीनबुँदे सहमति कार्यान्वयन होस् भन्ने चाहेको बताउँदै उपाध्यक्ष डा. भट्टराईले भन्नुभयो, "प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिने भनेको पनि ११ दिन भइसक्यो, प्रधानमन्त्रीजस्तो व्यक्तिले राजनीतिक मूल्यमान्यतालाई ध्यान दिएर तत्काल राजीनामा दिए अरूलाई पनि पाठ हुन्थ्यो ।"
आˆनो पार्टीको नेतृत्वमा सरकार चलाउने स्थिति आएमा पार्टीभित्रैबाट विकल्प दिन सकिने कुरा भए पनि यस एजेन्डामा छलफल गर्ने समय अहिले नआएको उहाँको भनाइ थियो ।
आˆनो पार्टीले केही दिनअघि साङ्केतिक रूपमा व्यवस्थापिका संसद् बहिष्कार गरे पनि यो कार्यमा निरन्तरता दिने कुनै योजना नरहेको स्पष्ट पार्दै उपाध्यक्ष डा. भट्टराईले मङ्गलबारदेखि सुरु हुने बजेट अधिवेशनबारे पनि कुनै छलफल नभएको बताउनुभयो । रासस