एजेन्सी
नयाँ दिल्ली, १८ जेठ
माओवादी प्रभावित क्षेत्र भएर गुड्ने रेलहरुको सुरक्षा माओवादी आफैले गर्ने एक वरिष्ठ नक्सल नेताले मंगलबार बताएका छन् ।
भारतीय कम्युनिस्ट पार्टर्ीीमाओवादी) का प्रवक्ता कमरेड आकासले विना भारतीय रेल सेवासँग कुनै डर विना सबै रेलहरु रातको समयमा पनि चलाउन अपिल गरेका हुन ।
'मालबाहक र यात्रीबाहक रेलहरुको पर्ूण्ा सुरक्षाको ग्यारेन्टी हामी दिन्छौं । हामी मुलुकभरका कुनै पनि रेलमा हमला गर्न अनुमति दिने छैनौं । र, जसले यसलाई उल्लंघन गर्छ त्यसलाई कडा सजाय दिलाउने हामी प्रयास गर्नेछौं ।' उनले भने ।
गत शुक्रबार भएको रेल दर्ुघटनामा आफ्नो हात नभएको माओवादीले दाबी गर्दै आएको छ । सो दर्ुघटनामा एक सय ५० रेलयात्रीको निधन भएको थियो । माओवादीले रेलमा हमला गर्ने उच्च पदस्थ नेता नै भए पनि सजाय दिने घोषणा गरेको छ ।
माओवादीको यो घोषणाले नक्सल निकटले नै रेलको लिक बिगारेका कारण केही दिनअघि रेल दर्ुघटनाग्रस्त भएको पुष्टि भएको प्रहरीले जनाएको छ । पश्चिम बंगालका प्रहरी प्रमुख भुपिन्दर सिंहले माओवादीको तोडफोड कै कारण रेल दर्ुघटनाग्रस्त भएको बताए ।
रेलको लिकलाई जोड्ने क्लिप गायब गरिएको कारण ज्ञानेश्वरी एक्सप्रेस लिकबाट बाहिर गएर मालबाहक रेलसँग ठोक्किएको रेल अधिकारीहरुले बताए ।
पिपुल्स कमिटी फर पर््रर्वेशन अफ एट्रोसिटिजका दर्ुइ स्थानीय नेता उमाकान्त महतो र बापी महतोले रेल लिकमा तोडफोड गरेको पश्चिम बंगालका प्रहरी प्रमुखले बताए । तर उनीहरुलाई रहस्यमय ढंगबाट रिहा गरिएको खबर छ ।
यसैबीच, भारतीय रेलमन्त्री ममता बनर्जीले मंगलबार शुक्रबारको रेल दर्ुघटनामा माओवादीको हात नरहेकोको आफू निश्चत नभएको बताएकी छिन् । यसअघि, सोमबार गृहमन्त्री पी चिदम्बरमले सो घटनामा माओवादीको हात रहेको हुनसक्ने बताएका थिए । 'तर, म पर्ूण्ातः विश्वस्त भने छैन ।' उनले भनेका थिए ।
सडक दर्ुघटनामा पन्ध्रको मृत्यु
भारतको उत्तर प्रदेशमा विवाहबाट फर्केको एक गाडी दर्ुघटना हुँदा १५ जनाको मृत्यु हुनुका साथै ११ जना घाइते भएका छन् ।
दर्ुघटना लखनउबाट तीन सय किलोमिटर परको ग्रामीण इलाकामा भएको र चालकको कमजोरीबाट घटना भएको पनि बताइएको छ ।
घाइतेमध्ये तीनजनाको स्थिति नाजुक रहेको र अन्य आठजनालाई उपचार्रार्थ अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।
एयर इन्डियाको विमान दुर्घटना कम्तिमा १ सय ६० को मृत्यु
दक्षिणी भारतमा विमान दुर्घटना हुदा एक सय ६० यात्रुको मृत्यु भएको छ। विमान दुबईबाट बेङ्लोरका लागि उडेको थियो । एयर इन्डियाको बोइङ ७३७-८०० विमान स्थानीय समयअनुसार बिहान साढे ६ बजे बाजपे विमानस्थलमा दुर्घटना भएको थियो । भारी वर्षाका कारण बीच धावनमार्गमा अवतरण गर्न लाग्दा विमान दुर्घटनाग्रस्त भएको हो ।
दुर्घटनाग्रस्त विमानबाट आठ यात्रु बाँच्न सफल भएका छन् । दुर्घटनामा बाँच्न सफल प्रदीप नाम गरेका यात्रुले विमान दुई टुक्रा भएको बताए । सुरुमा सानो आगो सल्किएको र पछि ठूलो विस्फोटसँगै आगोको लप्काले विमान ढाकिएको उनले बताए । प्रदीपको हातखुट्टामा चोट लागेको छ ।
एयर इन्डियाका अधिकारी अनुप श्रीवास्तवले विमान दुर्घटनामा बाँच्न सफल आठ व्यक्तिको उद्धार गरिएको बताए । मर्नेमा सबै भारतीय नागरिक रहेका छन् । अधिकांश दुबईमा कामको सिलसिलामा गएको र अहिले परिवार भेट्न फर्किएका यात्रु थिए । विमानमा २० केटाकेटी समेत थिए ।
प्रधानमन्त्री मनमोहन सिंहले विमान दुर्घटनाप्रति दुःख व्यक्त गदर्ैै मृतकका परिवारलाई दुई लाख रुपैयाँ क्ष्ातिपूर्तिस्वरूप दिने घोषणा गरेका छन् ।