समाचार







जापानको भूकम्प र सुनामीपछि तपाईंले आफ्नो दैनिक क्रियाकलापमा ध्यान दिनुभएको छ ? छैन भने आजैदेखि थाल्नुहोस्- तपाईं अचम्मित हुनुहुनेछ। अरू वेलाभन्दा तपाईंलाई अझ बढी रिस उठ्न थालेको छ, दिमागमा असामान्य कुरा खेल्न थालेका छन्, अल्छीपन बढेको छ, मनमा चञ्चलता छ, टाउको तातो र आँखा रातो भइरहन्छ। अझ डरलाग्दो कुरा त के छ भने, तपाईं हिँड्दा बांगो भएर हिँड्न थाल्नुभएको छ π यी सबै पृथ्वीको आयुसँग जोडिएर आएका परिवर्तन भएको वैज्ञानिकले बताएका छन्।

उनीहरूको निष्कर्ष छ- भूकम्प र सुनामीले जापानलाई मात्र धक्का दिएन, सिंगो पृथ्वीको घुम्ने गतिमा ०.०७ सेकेन्डले कमी आएको छ


अहिले पृथ्वी आफ्नो अक्षांशबाट ०.३४ मिटर तल खसेको छ
। जसकारण तराईमा जाडो बढ्न थालेको छ, हिमालको तापक्रम अकासिएको छ। गत साता सगरमाथाबाट झरेका आरोही मार्स रधिसुले आफ्नो ब्लगमा लेखेका छन्, 'यो साता माउन्ट एभरेस्टको आधारशिविरमा खल्खली पसिना आएको देखेर मलाई लाग्यो- म सपना देखिरहेको छु। तर, पछि सोचे- ए साँच्ची हामी २०१२ को नजिक पो छौँ त।'

केही सातादेखि पृथ्वीले अनौठो गतिविधि देखाइरहेको छ
। अपि|mकाको जायरमा उम्लिएको पानीको वर्षा भएकाले नागरिकलाई घरबाहिर ननिस्कन आदेश दिइएको छ। तिब्बतका पठारमा चौँरी चराझैँ उडिरहेकाले गोठाला पूजापाठ गर्न व्यस्त छन्। तर, खगोलशास्त्रीले भने यो गतिविधिलाई पृथ्वीको अन्त्यसँग जोडेर हेरिरहेका छन्।

यसै प्रसंगमा संसारभरका वैज्ञानिक, खगोलशास्त्री तथा ज्योतिषीले गत साता क्यारेबियन टापु फिजीमा संयुक्त छलफल गरे

उनको कुरा पत्याउने हो भने अहिले मध्य-पूर्व तथा उत्तरी अपि
|mकी देशमा फैलिएको हिंसा र आक्रोशको कारण पनि नजिकिँदै आएको पृथ्वीको अन्त्यसँग जोडिएको छ। इजरायलका विख्यात भूगर्भविद् लबनाम लफुले तेल अविवको एक कार्यक्रममा भने, 'मध्य-पूर्वको जमिनमुनि रहेको प्लेट अहिले अत्यन्तै तातो भएको छ। त्यसबाट आउने अनौठो गन्धले त्यहाँका मानिसको मन र दिमागलाई हिंसातिर प्रेरित गरिरहेको छ।' आन्दोलनकारीलाई उत्तेजित गराउनेगरी अदृश्य तरिकाले लागुपदार्थ खुवाइएको छ- भन्ने लिबियाली नेताको भनाइले पनि सो कुराको पुष्टि गर्छ। । अति गोप्य तवरले सम्पन्न सो कार्यक्रमलाई अमेरिकी सरकारले विशेष सुरक्षा दिएको थियो। नेपालको तर्फबाट सहभागी ज्योतिषी ओजराज लोहनी भन्छन्- 'हो, म फिजी गएको थिएँ, तर त्यहाँ के भयो, म यहाँ भन्न सक्दिनँ।' के पृथ्व्ाीको आयु सकिन लागेको हो त भन्ने प्रश्नमा उनले थपेे- 'अहिले यति भनौँ, जापानको भूकम्पपछि सूर्य र चन्द्रमाले आफ्नो पूर्वस्थान छाडेका छन्। जसकारण पृथ्वीवासीमा कहिल्यै नभोगेको अवस्था आउँदै छ।'

'मिसन-सेभ द प्लानेट' नाम दिइएको सो कार्यक्रममा केही डरलाग्दा निचोड पनि निकालिए
। सहभागी जापानी वैज्ञानिक हिरोका दाइकाले 'आसही सिम्बुन'लाई दिएको अन्तर्वार्तामा भनेका छन्, 'भूकम्प ध्ाक्काको प्रभावले जापानी प्रधानमन्त्रीका दिमागमा हिंसा, आक्रोश र रिस बढेको देखिएको छ, जसकारण उनले लिबियामा जापानी सेना पठाउने निर्णय गरेको प्रस्ट हुन्छ।'

जब सिंगो पृथ्वी सुरक्षित छैन भने नेपाल रहने कुरै भएन
। काठमाडौंमा नब्बे सालको भन्दा ठूलो भुइँचालो आउने कुरा हिमाल खबर पत्रिकाले लेखेको छ (हेर्नोस्, हिमाल अंक २३४)। यसलाई पुष्टि गर्नेगरी नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानले भनेको छ- नेपालको सीधा आकाशमा पर्नेगरी एउटा नौलो ग्रह घुमिरहेको छ जसबाट आएको बैजनी किरण नेपालीको दिमागमा परिरहेको छ। अंग्रेजीमा 'सन्टुफ' नाम दिइएको त्यो किरणले मान्छेमा घमण्ड, रिस, आक्रोश बढ्ने र त्यो काटमारको स्थितिसम्म पुग्ने जनाएको छ। अहिलेको राजनीतिक अन्योल, तराईको हिंसा तथा नेताहरूको दन्त बजानलाई त्यसैको कडीमा रूपमा हेर्नुपर्ने खगोलशास्त्री आनन्दराम गौडेल बताउँछन्।

बलिया प्रमाणहरूः माया क्यालेनडरः मेक्सिकोका मायानले हजारौँ वर्षपहिलेदेखि सफल भविष्यवाणी गर्दै आएका छन्, जुन धेरै हदसम्म सही सावित भएको छ
। उनीहरूका अनुसार, २०१२ डिसेम्बर २१ का दिन पृथ्वीका सबै प्राणीको अन्त्य हुनेछ- यसलाई वैज्ञानिकले पनि अस्वीकार गरेका छैनन्।

बाइबलः बाइबलमा प्रस्ट लेखिएको छ-२०१२ मा आत्मा र प्रतात्माबीच भीषण लडाइँ हुन्छ
। त्यो लडाइँ नै पृथ्वीको अन्त्यको मुख्य कारण बन्नेछ।

सूर्यको विध्वंसः सौर्यमण्डल विशेषज्ञले भनेका छन्- अहिले पृथ्वीको तापक्रममा निकै गडबडी देखिएको छ
। त्यसको कारण सूर्यले पृथ्वीमा पठाउने किरणको प्रकोप हो। २०१२ को डिसेम्बरसम्ममा यो प्रकोपले सिंगो सृष्टि समाप्त हुन्ो विश्वास उनीहरूको छ।

परमाणु विस्फोटः युरोपमा बनिरहेको २७ किमि लामो विशाल परमाणु केन्द्र २०१२ मै बिसर्जन गर्ने योजना छ
। त्यो योजना लगभग असफल हुने पक्कापक्की भएको छ। सोही भयंकर धमाकाले धर्तीका सारा प्राणीको अन्त्य हुनेमा जानकारहरू विश्वस्त छन्।

धर्मग्रन्थः हिन्दू ग्रन्थमा कलि आउने र महाप्रलय हुने जुन कुरा उल्लेख छ- लगभग कलिको समाप्ति भनिएको वेला पनि यही हो
। महाप्रलयको प्रसंग पनि पृथ्वीको समाप्ति नै हो।

एउटा चिनियाँ ग्रन्थ 'चाइनिज बुक अफ चेन्जेज' ले पनि सलाई जोडतोडले उठाएको छ
। भौतिकशास्त्रीः अमेरिकाको बर्कली युनिभर्सिटीका भौतिकशास्त्रीको समूह पनि अचम्मित भएको छ। उनीहरूको गणितअनुसार धेरै अघि नै ध्वस्त भइसक्नुपर्ने पृथ्वी अझैसम्म सुरक्षित हुनु संयोग मात्र हो, २०१२ पछिचाहिँ पृथ्वी लगभग समाप्तै हुनेछ।

पुजारी-पादरीः अमेरिकाको एकजना पादरीले त त्यसअघि न्ौ धर्ती ध्वस्त हुने बताएका छन्
। मे २१ मा सृष्टिको समाप्ति हुने भविष्यवाणी गरेका ती पादरीले यसअघि थुप्रै असफल भविष्यवाणी गरिसकेका छन्। जापान, हाइटीलगायत ठाउँमा भएका विनाश परमेश्वरले विनाशपूर्व पठाएका पूर्वसूचना भएकाले सोहीअनुसार आफ्नो अन्तिम इच्छा पूरा गर्न ती पादरीले अनुरोध गरेका छन्।

अर्को ग्रहका प्राणीः पृथ्वीबाहेकका ग्रहमा मानिसभन्दा हजार गुणा तीक्ष्ण बुद्धि भएका प्राणी रहेको केही सौर्यमण्डल विशेषज्ञले विश्वास गरेका छन्


पृथ्वीवासीको प्रकृतिविरोधी गतिविधिबाट आजित उनीहरूले पृथ्वीमाथि आक्रमण तीव्र बनाएका छन्


। जापानको सुनामी र भूकम्प पनि तिनै अर्को ग्रहका प्राणील्ो गराएको कुरा केही जापानी टेलिभिजनले दिइरहेका छन्। जहाँ सुनामी र भूकम्प आइरहँदा एउटा अनौठो प्राणी आकाशमा दु्रतगतिमा दौडिरहेको देखिएको थियो।


रोल्पा गैरीगाउँका युवाहरु द्वारा सुरक्षा गस्ती

रोल्पा-४ गौरीगाउँका युवाले आˆनो गाउँमा असुरक्षा बढेको भन्दै सोमबार ३५ सदस्यीय युवा सुरक्षा गस्ती टोली गठन गरेका छन् ।
स्थानीय केशव घर्तीका अनुसार गाउँका जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउन गाउँ सुरक्षाका लागि युवा सुरक्षा गस्ती गठन गरिएको हो ।
पछिल्लो समयमा रोल्पाको गौरीगाउँमा चन्दा आतङ्क, धम्याउने, तर्साउनेजस्ता क्रियाकलापहरू बढ्दै जान थालेपछि सुरक्षा गस्ती टोली गठन गरेर त्यस्ता व्यक्ति समूहसँग प्रतिकार गर्न समिति गठन गरेको बताइएको छ ।
सुरक्षा गर्नका लागि गठन गरिएको गाउँ सुरक्षा युवा गस्तीले बेलुकी ८ बजेदेखि राति १ बजेसम्म गस्ती गर्ने जनाइएको छ ।
सो क्षेत्रमा प्रहरी चौकीसमेत नहुँदा पछिल्लो समयमा असुरक्षा बढेपछि युवाले गाउँ सुरक्षाका लागि युवा समूह गठन गरी गस्ती सुरु गरेको बताएका छन् ।

लेबनानमा १५ नेपाली महिलाद्वारा आत्महत्या, ५ चेली बच्चा लियर फर्के

बेरुत श्रावण - घरेलु काममा लेबनान गएका १५ नेपाली महिलाले एक वर्षमा घरमालिकको यातना सहन नसकी आत्महत्या गरेका छन् । उनीहरू २० देखि ३० वर्षका छन् ।
'आर्थिक, मानसिक, शारीरिक र यौन दुव्र्यवहार सहन नसकी आत्महत्या गर्नेहरू बढिरहेका छन्,' लेबनानस्थित नेपाली काउन्सिलका स्वयंसेवी दीपेन्द्र उपे्रतीले भने, 'करिब एक वर्षमा मात्रै १५ नेपाली महिलाले ज्यान फालेका छन् ।'
गत माघयता मात्रै दोलखा-काटाकुटीकी सुस्मिता मोक्तान, हेटांैडा-कमानेकी अस्मिता लामा, मेघा कल्पना, उदयपुरकी शान्ती परियार, काभ्रे-सपिङकी मिसा परियार र म्यादी पोखरापानीकी लीला आचार्यले आत्महत्या गरेका छन् । आर्चायले लेबनान पुगेको एक महिनापछि नै आत्महत्या गरेकी हुन् ।
माघअघि त्रिभुवनबस्ती-६, कञ्चनपुरकी मीना रोकया, बन्दीपोखरी-५ पाल्पाकी राधा गोदार, पोखरा-१६ की सीता गुरुङ, पदमपोखरी-१ मकवानपुरकी सुनिता भोलन, चुरियामाई-२ मकवानपुरकी सिर्जना घले, दाङकी विमला रावत, तातोपानी- सिन्धुपाल्चोककी फुदुगी शेर्पा, ललितपुर लेलेटारकी निरु तामाङ लगायतले आत्महत्या गरेका थिए ।
'प्रहरी अध्ययनअनुसार उनीहरू आफैंले गोली हानेर, झुन्डिएर र हामफालेर आत्महत्या गरेका हुन्,' काठमाडौं आइपुगेका उप्रेतीले भने, 'घटना भएका बेला हामीलाई खबर नहुने हुँदा वास्तविकता नजिक पुग्न सकिएको छैन ।'
परराष्ट्र मन्त्रालयले पनि ती घटनाबारे सोधखोज नगर्ने र क्षतिपूर्तिका लागि नेपाली कन्सुलरलाई पत्र नलेख्ने भएकाले यथार्थ पत्ता लगाउन कठिन भएको उप्रेतीले जनाए ।
लेबनानमा सम्झौताअनुसार तलब, सुविधा नपाएको, अत्यधिक काममा लगाएको र चरम यातना दिने गरेका घटना अहिले अवैतनिक दूतसमक्ष पुग्ने गरेका छन् । घरेलु कामदार -हाउसमेड) असुरक्षित भएपछि सरकारले गत माघदेखि त्यहाँ जान रोक लगाएको छ । तैपनि एजेन्सीहरूले त्रिभुवन विमानस्थलबाट दैनिक २० भन्दा बढी युवतीहरू 'सेटिङ' मिलाएर लेबनान उडाइरहेका छन् ।

लेबनानस्थित ह्युमन राइट वाचका अनुसार २००७ जनवरीदेखि २००८ अक्टोबरसम्म मात्रै ९५ विदेशी हाउसमेडले त्यहाँ आत्महत्या गरेका छन् । '२००९ सम्मको तथ्यांकअनुसार प्रत्येक साता एक विदेशी हाउसमेडले आत्महत्या गरेका छन्,' लेबनानमा कार्यरत पत्रकार जिफ क्याउफिल्डले कान्तिपुरलाई भने, 'यसले स्थिति निकै गम्भीर देखाइरहेको छ ।'
लेबनानमा १८ हजारभन्दा बढी नेपाली कामदार छन् । तीमध्ये ९५ प्रतिशत महिला हुन् । त्यहाँस्थित गैरआवासीय नेपाली समन्वय समितिका अनुसार ४ सय जना पुरुष कामदार मात्रै सम्पर्कमा छन् ।
उप्रेतीका अनुसार एक हाउसमेड ललितपुरकी तामाङले मात्रै मालिकबाट तीन हजार अमेरिकी डलर क्षतिपूर्ति पाएकी छन् । अरू पीडित परिवारले पाएका छैनन् ।

पाँच चेली बच्चासहित फर्के

लेबनानी घरमालिकको दबाबमा शारीरिक सम्पर्क राख्न बाध्य पाँच चेली बच्चासहित स्वदेश फिरेका छन् । 'गएको तीन/चार महिनामा साना बच्चासहित महिलाहरूलाई उद्धार गर्‍यौं,' उनले भने, 'अहिले एक महिला बच्चासहित अस्पतालमा छिन् ।'
लेबनानी घरमालिकले बाथरुममा नुहाउँदै गरेको भिडियो खिचेरसमेत शारीरिक सम्पर्क राख्न बाध्य पारेको पडितहरूलाई उद्धृत गर्दै उनले जनाए । पीडित चेली नेपाली कन्सुलरको सम्पर्कमा रहेको थाहा पाएपछि घरमालिकले निकालेको उनले जनाए ।
श्रद्धाञ्जली सभा सम्पन्न
तुलसीपुर, १६ असार । नेकपा एमाले राप्ती अञ्चल समन्वय कमिटीको आयोजनामा कमिटीका पर्ूव सचिव छविलाल ओलीकी आमा इन्द्रकला ओलीको निधन भएको १३ औं दिनको अवसरमा बुधवार तुलसीपुर-४ वनकट्टामा श्रद्धाञ्जलीसभा सम्पन्न भएको छ ।
एमालेका केन्द्रीय सदस्य भागवत विश्वासीको अध्यक्षतामा भएको सभामा एमाले दाङका अध्यक्ष लक्ष्मण आचार्य, जिल्ला सदस्यहरु भूपबहादुर केसी, खिमबहादुर केसी, देवीराम परियार, कृष्णप्रसाद भुसाल र डिला डागीले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी रेवतीरमण शर्मा, प्रेमबक्स मिया“, मानबहादुर विश्वकर्मा, डम्बर बस्नेत, मृतकका छोरा छविलाल ओली, अमरबहादुर खड्का, यमबहादुर खड्का, जगदीश देवकोटा, रुद्रबहादुर बस्नेत, उमबहादुर बस्नेत र अमर डा“गीले बोल्नुभएको थियो । कार्यक्रमको सञ्चालन एमाले राप्ती अञ्चल सदस्य शोभाराम बस्नेतले गर्नुभएको थियो ।

ट्याक्टर दुर्घटनामा परी चारजनाको मृत्यु, २९ घाइते
प्युठान, असार : प्युठानको दाङवाङ- ४ अमलियामा आइतबार ट्याक्टर दुर्घटना भएको छ । उक्त दुर्घटनामा परी चार जनाको मृत्यु भएको छ भने अन्य २९ जना घाइते भएका छन् ।
लु. १ प १४८३ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सडकबाट करिब ३ सय मिटर तल खस्दा सो दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा दाङवाङ- १ का तस्वीर आचार्य, दाङवाङ- ७ का अनिल आचार्य, खुमबहादुर आचार्य र ट्याक्टर चालक हँसपुर धावाका मानबहादुर बुढामगर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते हुनेमध्ये १७ जना शख्त घाइते भएका छन् । उनीहरूलाई अर्घर्ााँचीस्थित सन्धिखर्क अस्पतालमा उपचार गराइएको छ । अरुको भने स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ । घाइते भएका सबै बिद्यार्थी रहेका छन् । पहाडी जिल्लाका कच्ची सडकमा क्षमताभन्दा बढी लोड बोकेर गुडेका कारण पछिल्लो समय ट्याक्टर दुर्घटना बढिरहेका छन् ।
हलकारा नेपाल|

तुलसीपुरको राजस्व कार्यालय गेटमा बाल्टिन बम भेटियो
दाङ, असार : जिल्लाको दोस्रो ठूलो व्यापारिक केन्द्र तुलसीपुर बजारस्थित आन्तरिक राजस्व कार्यालयको मुख्य द्वारमा बुधवार बिहान एउटा बाल्टिन बम भेटिएको छ । बम भेटिएपछि सेनाले उक्त बम निस्त्रिय पारेको छ ।
बाल्टिन बममा नेपाल कम्युनिस्ट पार्टी मालेको तर्फाट 'बाल्टिन बम खतरा' भन्ने लेखिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । आन्तरिक राजस्व कार्यालयका प्रमुख कार्यालयमै बस्ने भएकाले बिहान ५ बजे बम राखेको थाहा भएको थियो । उक्त बमलाई नेपाली सेनाको १९ नम्बर बाहिनीको बम डिस्पोजल टोलीले निस्त्रिय पारेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । यसअघि पनि तुलसीपुरका ब्यापारी तिलकबहादुर खड्काको घरनजिकै 'नेकपा मालेमा' लेखी सोही प्रकृतिको बम राखिएको थियो । त्यसअघि एउटा बसकोमुनी पनि नयाँ बसपार्कमा प्रेसर कुकर बम फेला परेको थियो । । तुलसीपुर क्षेत्रमा विभिन्न भूमिगत संगठनले चर्को चन्दाको माग गर्दै ज्यान मार्ने धम्की दिने क्रम निरन्तर चलिरहेको जनगुनासो रहेको छ ।

अञ्चल अस्पतालमा डिपिटी औषधिको अभाव

ओपेन्द्र बस्नेत
तुलसीपुर, असार । राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डिपिटी औषधिको अभाव भएको छ । नवजात शिशुलाई लगाइने पेन्टामाइल नामक डिपिटीको अभाव भएपछि सेवाग्राहीहरु मर्कामा परेका छन् । जेठ २४ गते जिल्ला जनस्वास्थ्य कार्यालय दाङबाट दर्ुइ सय वटा डिपिटी र्सर्ुइ ल्याइए पनि एक साताभित्रै सकिएको राप्ती अञ्चल अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेन्ट डा. केदार सेञ्चुरीले जानकारी दिनुभयो ।
जिल्ला जनस्वास्थ्यमा समेत डिपिटीको अभाव भएकाले केन्द्रबाट माग गरिएको डा. सेन्चुरीले जानकारी दिनुभयो । माग भएअनुसार डिपिटी नभएकाले सेवाग्राही फर्किनुपरेको अस्पतालका खरिदार कृष्ण वलीले बताउनुभयो । एक वर्षम्मका बालबालिकाका लागि हेपाटाइटीस , इन्फ्लुयञ्जाविरुद्ध प्रयोग गरिने डिपिटीको र्सर्ुइ सकिएपछि अस्पतालमा आउने सेवाग्राहीहरु खाली हात फर्किन बाध्य भएका छन् ।
घण्टौंको यात्रा गरी बालबालिकालाई डिपिटी र्सर्ुइ लगाउन गएकोमा सेवा नपाएको सेवाग्राही ममता आचार्यले गुनासो गर्नुभएको छ । डिपिटी र्सर्ुइजस्ता अतिआवश्यक औषधिको व्यवस्था तत्काल मिलाउन सेवाग्राहीहरुले अस्पताल प्रशासनस“ग आग्रह गरेका छन् ।

आफ्नै भवनबाट बाल अस्पतालको सेवा प्रारम्भ

नारायण विवश
घोराही,  असार । नेपाल-भारत मैत्री उमाशंकर नाथ योगी बाल अस्पताल दाङले मंगलवारदेखि घोराही नगरपालिका वडा नं. १ र्सरास्थित आफ्नै भवनबाट सेवा सञ्चालन गर्न थालेको छ ।
अस्पतालले मंगलवार एक समारोहको आयोजना गरी सेवा प्रारम्भ गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष्ँ प्रदीप योगीको अध्यक्ष्ँतामा भएको कार्यक्रममा प्रमुख अतिथि दाङका स्थानीय विकास अधिकारी र्सर्ूयकान्त झाका साथै नेपाली कांग्रेसका सभापति वीरकेशरी गौतम, नेकपा एमालेका नगर अध्यक्ष केशव न्यौपाने, जनमोर्चा नेपालका र्सर्ूय पौडेल, सद्भावना पार्टर्ीी ओमप्रकाश गुप्ता, नेकपा एकीकृतका तुलसा केसी र जिल्ला प्रशासन कार्यालय दाङका प्रशासकीय अधिकृत ज्ञानराज कोइरालाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
सो अवसरमा अस्पतालका चिकित्सक डा. शिवजंग कु“वर, नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष प्रताप रेग्मी, दाङ उद्योग वाणिज्य संघका का.वा. अध्यक्ष जितबहादुर केसी, संस्थापक अध्यक्ष तोरणध्वज श्रेष्ठ, मानव कल्याणका श्रीमन न्यौपाने, क्रान्तिकारी पत्रकार संघका प्रकाश चौधरी, घोराही खानेपानी संस्थाका अध्यक्ष देवीबहादुर डिसी, स्थानीय समाजसेवी शेरबहादुर बस्नेत र र्सरा टोलका अध्यक्ष्ँ सन्तोष रोकाले बोल्नुभएको थियो । राजकुमार गुप्ताको स्वागत मन्तव्यबाट प्रारम्भ भएको कार्यक्रमको सञ्चालन यमकुमारी ढकालले गर्नुभएको थियो ।
२०६३ सालदेखि घोराहीबाट बालबालिकाहरुको स्वास्थ्य परीक्ष्ँण सेवा शुरु गरेको उक्त अस्पतालले अब आफै भवनबाट नियमित सेवा सञ्चालन गर्ने भएको छ । उक्त भवन ७८ लाख रुपैया“को लागतमा तयार गरिएको हो । भवन निर्माणका लागि भारतीय राजदूतावासले आर्थिक सहयोग गरेको र अस्पताललाई शान्ता योगीसमेतका ६ जनाले जग्गा दान दिनुभएको छ ।
१८ कोठा भएको २ तले उक्त अस्पतालमा भर्ना हुने बाल विरामीका लागि १० शैयाको व्यवस्था छ । अस्पतालमा कान्ती बाल अस्पतालमा लामो समय सेवा गर्नु भएका बाल विशेषज्ञ डा. शिवजंग कु“वर र मेडिकल अधिकृत प्रकाश थापा कार्यरत हुनुहुन्छ । २ जना चिकित्सक, २ जना अनमी, २ ना सिएमए, १ जना अहेव र प्रशासन लेखामा ४ समेत दरबन्दी संख्या ११ रहेको छ ।
नेपाल सरकारबाट प्राप्त हुने १५ लाख रुपैया“, एक्सरे शुल्क, ल्याब शुल्क र नाम दर्ताबाट उठ्ने शुल्कलाई अस्पतालले आर्थिक स्रोतको रुपमा लिएको अध्यक्ष्ँ योगीले बताउनुभयो । सेवा प्रारम्भ भएको पहिलो दिन सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरमा करीव ५ सय बालबालिकाहरुले स्वास्थ्य परीक्षण गराएका थिए । शिविरको उद्घाटन स्थानीय विकास अधिकारी र्सर्ूयकान्त झाले गर्नुभएको थियो ।
वस्ती विकासका लागि र्सवपक्षीय छलफल
तुलसीपुर, जेठ । दाङ उपत्यकालाई व्यवस्थित बस्तीको रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा र्सवपक्ष्ँीय बैठक विहीवार तुलसीपुरमा सम्पन्न भएको छ ।
शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय दाङका प्रमुख कोषनाथ अधिकारीको अध्यक्षतामा बसेको र्सवपक्ष्ँीय बैठकले रिङरोड निर्माण, तुलसीपुर-११ बुटनिया“मा डम्पिङ साइट निर्माण, तुलसीपुर नगरपालिका-८ कृष्णमन्दिरस्थित मिनीपार्क, दोघरेमा ग्रीन बेल्ट र राप्ती शान्ति उद्यानलाई पर्यटकीय क्ष्ँेत्रको रुपमा विकास गर्ने निर्ण्र्ाागरेको छ ।
त्यसैगरी तुलसीपुरमा खानेपानीका लागि ओभरहेड टंकी निर्माण, र्सार्वजनिक सम्पत्ति संरक्षणअर्न्तर्गत तुलसीपुरस्थित अरनिको मैदान, रानीजरुवा, तुलसीपुर-११ स्थित करीब १५ विघा बुटनिया“को डा“डा र १० विघा क्षेत्रफल रहेको रोटेपानीचौरलाई समेत तारबार गर्ने निर्ण्र्ाागरिएको छ ।
प्रस्तावित योजना कार्यान्वयन गर्न आवश्यक पर्ने रकमका लागि शहरी विकास विभागमा पठाइने तुलसीपुर नगर विकास समितिका प्रमुख लीलाबाबु शिवाकोटीले जानकारी दिनुभयो । र्र्सवपक्षीय बैठकमा एकीकृत नेकपा माओवादीकार् इश्वरी पाण्डे, नेपाली कांग्रेसका शिवप्रसाद शर्मा, नेकपा एमालेका कृष्णप्रसाद आचार्य, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, तुलसीपुर, नगर विकास समितिका अध्यक्ष्ँ कृष्णगोपाल गुप्ता, पर्ूवनगरप्रमुख ढुण्डिराज लामिछाने, तुलसीपुर नगरपालिकाका समाज कल्याण अधिकृत टोपबहादुर डागी लगायतले आ-आफ्ना धारणा राख्नुभएको थियो ।

पत्रकारितालाई सम्मानित बनाउनुपर्ने
घोराही, जेठ पत्रकारिता पेशालाई सम्मानित बनाउन पत्रकारहरुले आफ्नो भूमिकालाई इमानदारिताका साथ निर्वाह गर्नुपर्ने धारणा घोराहीमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले राखेका छन् । दाङ सूचना तथा सञ्चार सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित रेडियो मध्यपश्चिम एफएमले आयोजना गरेको सातदिने रेडियो पत्रकारिता एवं उद्घोषण तालिम उद्घाटन समारोहमा बोल्दै कार्यक्रमका प्रमुख अतिथि
घोराही नगरपालिकाका कार्यकारी अधिकृत हर्रि्रसाद पाण्डेयले पत्रकारहरुले विकास निर्माणका पक्षमा आफ्नो कलमलाई अगाडि बढाउनुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रताप रेग्मी, केन्द्रीय पार्ष् सुशील गौतम, सर्ुदर्शन रिजाललगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तालिममा ५ महिला गरी २० जनाको सहभागिता रहेको छ । सात दिनसम्म चल्ने तालिमका प्रश्ािक्षकहरुमा सुशील गौतम, सर्ुदर्शन रिजाल, वसन्त विवश आचार्य, दर्ुगालाल केसी, जेएन सागरलगायत हुनुहुन्छ । संस्थाका कार्यवाहक अध्यक्ष टुकाराम पन्तको अध्यक्षता एवं बसन्त विवश आचार्यको स्वागत मन्तव्यबाट शुरु भएको उद्घाटन कार्यक्रमको सहजीकरण सरोज सुवेदीले गर्नुभएको थियो ।
बम राखेर 'जनयुद्ध'को घोषणा गरेको दावी
दाङ, बैशाख :
आफूलाई नेपाल कम्युनिस्ट पार्टी -मालेमा)का दाङ जिल्ला इञ्चार्ज बताउने 'आजाद' नाम गरेका व्यक्तिले तुलसीपुर बजारमा बम राखी 'जनयुद्ध'को सुरुवात गरेको दावी गरेका छन् । स्थानीय सञ्चार माध्यममा टेलिफोन सर्म्पर्क गरी उनले 'जनयुद्ध'को सुरुवातका लागि बम राखिएको भनी जिम्मेवारी लिएका छन् ।
'सामन्तवादी र दक्षिणपन्थीविरुद्ध युद्ध घोषणा गरिएको' दावी गर्दै आजाद नाम बताउने ती व्यक्तिले आफ्नो पार्टीको केन्द्रीय अध्यक्ष प्रवल व्रि्रोही भएको दावी गरेका छन् । तुलसीपुर नगरपालिका- ५ स्थित विजय स्टिल फर्निचर बाहिर मंगलबार एक बाल्टिन बम फेला परेको थियो । उक्त बमलाई तुलसीपुरस्थित नेपाली सेनाको १९ नं. बाहिनीबाट गएको बम डिस्पोजल टोलीले निस्त्रिय पारेको थियो । प्लाष्टिकले बेरेर राखिएको बाल्टिन बमसँग 'नेकपा मालेमा' लेखिएको कागज पनि फेला परेको थियो ।