Sunday, May 16, 2010

विद्यार्थी दिवसको अवसरमा रक्तदान

घोराही, जेठ । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनले ४५ औं स्थापना दिवसको अवसरमा शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरी रक्तदान गरेको छ ।
संगठनका अध्यक्ष सुरेश रावतको अध्यक्षता एवं केन्द्रीय सदस्य विवेक श्रेष्ठको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यार्थीहरुले शैक्षिक एजेण्डालाई मात्र नभएर सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने धारणा व्यक्त गरेका थिए । वक्ताहरुले समाज रुपान्तरणका लागि विद्यार्थीहरुले उदाहरणीय काम गर्नुपर्ने विचार व्यक्त गर्दै रक्तदानले नया“ सन्देश दिने बताएका थिए ।
कार्यक्रममा नेकपा एमाले दाङका अध्यक्ष लक्ष्मण आचार्य र नेपाल पत्रकार महासंघ दाङका सचिव सविन प्रियासनले मन्तव्य व्यक्त गर्नुभएको थियो । उपाध्यक्ष पवन शर्मा रिजालको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रमको सञ्चालन सचिव मोहन सुनारले गर्नुभएको थियो ।
सो अवसरमा विद्यार्थी नेताहरु विवेक श्रेष्ठ, सुरेश रावत, विजय गिरी, अमृत र्घर्ती, रामबहादुर परियार, हर्रि्रसाद देवकोटा, नवराज केसी, गोपाल नेपाली र अरुण केसीले रक्तदान गर्नुभएको थियो । त्यसैगरी विद्यार्थी नेता विजय गिरीले लालमटियाकी अल्सरकी विरामी मंगलीदेवी कुमाललाई प्रत्यक्ष रक्तदान गर्नुभएको थियो ।

No comments: