Thursday, August 5, 2010

राजावादीहरु र माओवादी निकट हरुको गठजोड गम्भीर षड्यन्त्र हुनसक्ने आशंका


काठमाडौं, साउन- पूर्व राजा ज्ञानेन्द्रका छोरी ज्वाई राजबहादुर सिंह माओवादी निकट नेपाली जनता दलमा प्रवेश गरेका छन्। संविधानसभामा दुई सभासद् रहेको दलमा दुई साताअघि साधारण सदस्यका रुपमा प्रवेश गरेका सिंहलाई सचिवालयले बुधबार केन्द्रीय सदस्य बनाएको छ।
पार्टि अध्यक्ष हरिचरण साहले सिंह साउन ३ गते दलको सदस्य बनेको बताएका छन्। केन्द्रीय कार्यालय अनामनगरमा उपस्थित भई सिंह सहित चार जना दलमा प्रवेश गरेका थिए।
‘पार्टीको सदस्यता रसिद लिएको भोलिपल्टै मैले सिंहलाई केन्द्रिय सदस्य बनाउने प्रस्ताव गरे पत्रकारसंग कुरा गर्दै साहले भने ‘बुधबारको पार्टि केन्द्रीय सचिवालय बैठकले उक्त प्रस्ताव अनुमोदन गरेको छ।'
सिंहको प्रवेशेपछिका तीनै चरणको प्रधानमन्त्री निर्वाचनमा दलका सभासद्ले माओवादी अध्यक्ष पुष्पकमल दहाललाई मत दिदै आएका छन्। सिंह आफ्ना व्यवसायिक साझेदार अजय सुमार्गिसहित दहाललाई प्रधानमन्त्रीमा निर्वाचित गराउन सक्रिय रहेको समाचार भारतिय छापाले प्राथमिकता साथ प्रकाशित गरिरहेका छन्।
सबैभन्दा ठूलो दल माओवादीको नेतृत्वमा सरकार बन्नुपर्ने पार्टि निर्णय भएकाले चौथो चरणमा पनि दहाललाई नै सघाउने साहले बताएका छन्। राष्ट्रपति निर्वाचन, माओवादी सरकारमा जाँदा, विपक्षिमा रहँदा र अहिलेपनि हामी उसकै कित्तामा उभिएका छौ,' उनले भने, ‘माओवादीलाई प्रजातान्त्रीक र अहिंसात्मक राजनीतिमा ल्याउन हामीले साथ दिइरहेका हौं।'
राजपरिवारका सदस्य जनताको हैसियतमा दलमा प्रवेश गर्न तत्पर भएकाले स्वागत गरेको साहले बताएका छन्। पार्टी सिद्वान्त र घोषणापत्रमा सहमत जोकोहिलाई दलको ढोका खुला रहेको उनले बताए।
संघियता, गणतन्त्र, धर्मनिरपेक्षता जस्ता पार्टिको एजेण्डामा आकर्षित भएर सिंह प्रवेश गर्नुभएको हो,' साहले भने, हामी साच्चिकै सबै जनताको दल बनाउन उहाँहरुलाई लिएका हौं।' ससुरा ज्ञानेन्द्र शाह हिन्दु राज्य स्थापनाको अभियानमा सक्रिय रहेको बेला ज्वाई सिंहले धर्मनिरपेक्षताको पक्षमा रहनुले राजनीतिक वृत्तमा गम्भीर षड्यन्त्र हुनथालेको आशंका गरियको छ ।
केहि दिनमा नै पार्टिले सिंहलाई थप भूमिका दिने उनले बताएका छन्। ‘उहाँलाई पार्टिले महत्वपूर्ण जिम्मेवारी दिन खोज्दैछ, त्यसबारे टुंगो लागेपछि भनौंला, साहले भने। शुक्रबार माओवादी उम्मेदवारलाई जिताउन सके त्यसलगत्तै पार्टिले सरकारमा जाने , नजानेबारे निर्णय लिने उनले बताए।
सिंहसँगै सल्यानका दिपक चन्द, डडेलधुराका विक्रमबहादुर बम र काठमाडौंका विजय श्रेष्ठ दलमा प्रवेश गरेका छन्। साहका अनुसार चन्द नेपाल विद्यार्थि संघमा जिल्लास्तरिय नेता, बम डडेलधुरामा नेपाल विकास पार्टिका तर्फबाट संविधानसभा निर्वाचनका उम्मेदवार र श्रेष्ठ कांग्रेस निकट यातायात मजदुर संघ काठमाडौंका अध्यक्ष हुन्।

Tuesday, August 3, 2010

प्रचण्डले सभासद किनेरै भय पनि प्रधानमन्त्री बन्ने

किरण चापागाँईं, काठमाडौं, साउन - मधेशी जनअधिकार फोरमका उपाध्यक्ष जयप्रकाश गुप्ताले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीमा जिताउन मधेशवादी दलका नेतालाई पैशा दिने प्रस्ताव गरेको खुलासा गरेका छन्। मधेशवादी दलको असहयोगका कारण दाहाल प्रधानमन्त्री बन्न सकेका छैनन्। मधेशवादी नेतालाई माओवादीले कति पैशाको प्रस्ताव गर्‍यो त? 'म रकमबारे सबैकुरा खुलाउन चाहन्न,' गुप्ताले भने। उनले खुलेरै पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दललाई फ्लोर क्रस गर्न पठाएको समेत बताए। 'हाम्रा केही सभासद्‍लाई माओवादीले रकमको आग्रह गरे र उनीहरुले माओवादी अध्यक्षलाई भावी प्रधानमन्त्रीका रुपमा भोट हाले,' गुप्ताले भने।
दुई दिन अघि भएको प्रधानमन्त्रीको निर्वाचनमा मधेशी जनअधिकार फोरमका केही नेताले पार्टीको निर्णयविपरित माओवादी अध्यक्ष दाहालको पक्षमा भोट हालेका थिए।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने सांसद किनबेचको कुरा गलत भएको बताएका छन्।
माओवादी नागरिक पार्टी नबन्दा सम्म उसको नेतृत्वमा सरकार बन्दैन
काठमाडौं, साउन - मधेसवादी दलका नेताहरुले माओवादीले हतियार नछाडेसम्म उसको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री माधवकुमार नेपालसँग भएको छलफलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका नेताहरुले माओवादीले लडाकु व्यबस्थापनमा अनिच्छा प्रकट गर्दै नागरिक पार्टीमा रुपान्तरण हुन नचाहेकाले उसको नेतृत्वमा सरकार बन्न नसक्ने बताएका हुन् । बहुमतीय प्रकृयाबाट तेश्रो पटकको प्रयासमा पनि प्रधानमन्त्री चयन हुन नसक्दा उत्पन्न परिस्थितिकाबारेमा पनि छलफल भएको थियो ।
छलफलमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो तथा पर्यटन तथा नागरिक उड्यनमन्त्री शरतसिंह भण्डारी सहभागी थिए । छलफलमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अन्योल अन्त्य गर्ने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन् ।
मंगलबार नै प्रधानमन्त्री नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा साना पार्टीका नेताहरुसँग पनि छलफल गरेका छन् । उनले चुरे भावर एकता पार्टीका अध्यक्ष केशव मैनाली, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, संघीय लोकतान्त्रिक मञ्चका कुमार लिङ्देन, सभासद् मोती दुगडलगायतसँ प्रधानमन्त्रीले प्रधानमन्त्री चयन हुन नसक्दा देखिएको अन्योलका विषयमा छलफल गरेका हुन् ।