Tuesday, August 3, 2010

प्रचण्डले सभासद किनेरै भय पनि प्रधानमन्त्री बन्ने

किरण चापागाँईं, काठमाडौं, साउन - मधेशी जनअधिकार फोरमका उपाध्यक्ष जयप्रकाश गुप्ताले माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफूलाई प्रधानमन्त्रीमा जिताउन मधेशवादी दलका नेतालाई पैशा दिने प्रस्ताव गरेको खुलासा गरेका छन्। मधेशवादी दलको असहयोगका कारण दाहाल प्रधानमन्त्री बन्न सकेका छैनन्। मधेशवादी नेतालाई माओवादीले कति पैशाको प्रस्ताव गर्‍यो त? 'म रकमबारे सबैकुरा खुलाउन चाहन्न,' गुप्ताले भने। उनले खुलेरै पार्टी अध्यक्ष उपेन्द्र यादवले मधेशवादी दललाई फ्लोर क्रस गर्न पठाएको समेत बताए। 'हाम्रा केही सभासद्‍लाई माओवादीले रकमको आग्रह गरे र उनीहरुले माओवादी अध्यक्षलाई भावी प्रधानमन्त्रीका रुपमा भोट हाले,' गुप्ताले भने।
दुई दिन अघि भएको प्रधानमन्त्रीको निर्वाचनमा मधेशी जनअधिकार फोरमका केही नेताले पार्टीको निर्णयविपरित माओवादी अध्यक्ष दाहालको पक्षमा भोट हालेका थिए।
माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने सांसद किनबेचको कुरा गलत भएको बताएका छन्।
माओवादी नागरिक पार्टी नबन्दा सम्म उसको नेतृत्वमा सरकार बन्दैन
काठमाडौं, साउन - मधेसवादी दलका नेताहरुले माओवादीले हतियार नछाडेसम्म उसको नेतृत्व स्वीकार्न नसकिने बताएका छन् ।
मंगलबार प्रधानमन्त्री माधवकुमार नेपालसँग भएको छलफलमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा आवद्ध दलका नेताहरुले माओवादीले लडाकु व्यबस्थापनमा अनिच्छा प्रकट गर्दै नागरिक पार्टीमा रुपान्तरण हुन नचाहेकाले उसको नेतृत्वमा सरकार बन्न नसक्ने बताएका हुन् । बहुमतीय प्रकृयाबाट तेश्रो पटकको प्रयासमा पनि प्रधानमन्त्री चयन हुन नसक्दा उत्पन्न परिस्थितिकाबारेमा पनि छलफल भएको थियो ।
छलफलमा मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदार, तराई-मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो तथा पर्यटन तथा नागरिक उड्यनमन्त्री शरतसिंह भण्डारी सहभागी थिए । छलफलमा राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अन्योल अन्त्य गर्ने विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार विष्णु रिजालले जनाएका छन् ।
मंगलबार नै प्रधानमन्त्री नेपालले प्रधानमन्त्री निवास बालुवाटारमा साना पार्टीका नेताहरुसँग पनि छलफल गरेका छन् । उनले चुरे भावर एकता पार्टीका अध्यक्ष केशव मैनाली, परिवार दलका अध्यक्ष एकनाथ ढकाल, संघीय लोकतान्त्रिक मञ्चका कुमार लिङ्देन, सभासद् मोती दुगडलगायतसँ प्रधानमन्त्रीले प्रधानमन्त्री चयन हुन नसक्दा देखिएको अन्योलका विषयमा छलफल गरेका हुन् ।

No comments: