दाङ,असार - दाङको तुलसीपुरमा गएराति एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ ।
बास बस्नका लागि तुलसीपुर बसपार्कस्थित न्यू राप्ती गेष्ट हाउसमा आएकी रुकुमकी एक युवतीलाई ६ जना युवाले अपहरण गरी मंगलवार राति बलात्कार गरी ६ घण्टापछि छाडिदिएका छन् ।
होटलको माथिल्लो तलामा बसेकी युवतीलाई मादक पदार्थसहित खाना खादै गरेका ६ जना युवाले राति ११ बजे लछारपछार गर्दै मुखमा रुमाल बाधेर बसपार्कदेखि दक्षिण पश्चिमतर्फ दुइ कि.मी.टाढा टिकरी भन्ने स्थानमा लगेर बलात्कार गरेको प्रहरीले जनाएको छ । ती युवती मंगलवार साझ ५ बजे तुलसीपुर आएकी थिइन् ।
टिभीको आवाज ठूलो बनाएर खाना खाइरहेका ६ जनालाई उनले टिभीको आवाज घटाउन अनुरोध गरेलगत्तै कुटपिट शुरु भएको होटल सञ्चालक सुशीला बस्नेतले बताइन् । उनीहरुले युवतीलाई लछारपछार गर्दै मुखमा रुमाल बाधेर लगेका थिए। सुशीलाले अगाडि भनिन्; बेहोशजस्तै भएका हामीले प्रहरीलाईसम्म खबर दिन सकेनौं ।
प्रहरीले अपहरणको खबर पाएपछि खोजी कार्य तीब्र बनाएको बताइएको छ । प्रहरीले होटल सञ्चालक केवल बस्नेतलाई पक्राउ गरी बयानका आधारमा रातभरि खोजी कार्य अगाडि बढाएको थियो ।
बिहान ४:३० बजे अपहृत युवती होटलको सर्म्पर्कमा आएपछि बयानका आधारमा इलाका प्रहरी कार्यालय तुलसीपुरले एक प्रहरी नायव निरीक्षकको संयोजकत्वमा टोली गठन गरेर बलात्कारीहरुको खोजी कार्य अगाडि बढाएको छ । प्रहरीले सिभिल र पोशाकमा टोली खटाएको बताएको छ ।
प्रहरीले बलात्कारीहरुको पहिचान भइसकेको दावी गरेकै बेला पीडित युवतीले ६ जनाविरुद्ध किटानी जाहेरी दिएकी छन् । उनीहरुको नाम भने प्रहरीले अभियुक्तहरु फरार हुनसक्ने आशंकामा गोप्य राखेको छ । सो घटना हुनुमा राजनीतिक दबाबमा केही दिन अगाडि गरिएको आफ्नो सरुवा नै मुख्य कारण भएको प्रहरी निरीक्षक प्रकाश सापकोटाको दावी छ ।
र्सार्वजनिक अपराध ऐनअर्न्तर्गत मुद्दा लागेकाहरुलाई पक्राउ गरी कारवाही गर्न खोज्दा आफूलाई सरुवा गरेपछि अपराधीहरुको मनोबल बढेर अहिलेको घटना भएको प्रहरी निरीक्षक सापकोटाको बुझाइ छ । चार महिना नपुग्दै सरुवा भएपछि शान्ति कसरी सुदृढ हुन्छ उहाको प्रश्न थियो । ती युवती अहिले मानसिकरुपमा असन्तुलित भएको प्रहरी निरीक्षक सापकोटाले जानकारी दिए ।
कारवाही गर्नुपर्छ: होटल समिति
यसैबीच होटलमा आउने ग्राहकलाई सुरक्षा दिन नसक्नु होटल सञ्चालकको कमजोरी भएको तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष लक्ष्मीप्रसाद वलीले बताउनुभयो । होटल सञ्चालकले गल्ती गरेका कारण कारवाही गर्नुपर्ने वलीको दावी छ ।
होटलको संख्या ५ सय पुगिसके पनि ८/१० दिन बिराएर किनबेच हुने गरेका कारण यो समस्या आएको उहाको बुझाइ छ । उता होटल सञ्चालक बस्नेतले भने कसैलाई नचिनेपछि ग्राहकको सुरक्षा गर्न नसकेको बताए । सल्यान बाझकाडा-१ मोख्ला निवासी बस्नेत परिवारले पहिलोपटक होटल गरेका कारण अलमलमा परेको बताएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरले बलात्कार भएको पुष्टि गरेको छ । सो रिपोर्ट आएपछि प्रहरीले अभियुक्त ६ जनालाई जबर्जस्तीकरणी र अपहरण सम्बन्धी मुद्दा लगाउने तयारीगरेको प्रहरी निरीक्षक सापकोटाले बताउनुभयो ।
केही समयअघि तुलसीपुर नया बसपार्कस्थित एक होटलमा बास बस्न आएका एक व्यक्तिको हत्या भएको थियो । शान्ति सुरक्षाको स्थिति खस्कदै गएको बेला सुरक्षा व्यवस्था सुदृढ बनाउन प्रहरीलाई सबै राजनीतिक दलहरुले सहयोग गर्नुपर्ने होटल व्यवसायीहरुको आग्रह छ ।
यसैबीच महिला मानव अधिकार रक्षकहरुको सञ्जाल दाङले विज्ञप्ति जारी गरी सामूहिक बलात्कारको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षा भएको जनाएको छ ।
सञ्जालकी अध्यक्ष लक्ष्मी आचार्यले बुधवार विज्ञप्ति निकालेर घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले पक्राउ गरेको उल्लेख गर्दै घटनामा संलग्न सबैलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाहीको माग गर्नुभएको छ । विज्ञप्तिमा पीडितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडितको सुरक्षा एवं सम्मानपूर्ण वातावरणमा न्यायिक प्रक्रियाको माग गरिएको छ ।
यस्ता अपराध विभिन्न स्थानमा विगतदेखि हुदै आएका छन् प्राय ती सबैमा अपराधीलाई राजनीतिक एवं प्रशासनिक संरक्षण हुदै आएको हामीले देख्दै आएको कुरा हो। जसले यस्ता आपराधिक मनोवृत्ति बोकेकाहरुले बल पाइरहेका छन। अपराधीहरुले सजिलै उन्मुक्ति पाउने यही वातावरणका कारण तुलसीपुर घटना दोहोरिएको हाम्रो ठहर छ। विज्ञप्तिमा भनिएको छ। अब यस्तो अवस्थाको अन्त्य हुनु जरुरी छ, यस घटनाका अपराधीहरुलाई कहि कतैबाट संरक्षण नहोस् भन्दै कडा सजायका लागि हामी सम्बन्धित न्यायिक निकायसमक्ष जोडदार माग गर्दछौं ।'
विज्ञप्तिमा समाजका यस्ता अपराधीलाई सजाय एवं पीडितलाई न्यायका लागि दबाब र सशक्त आवाज उठाउन नागरिक समाज, राजनीतिक पार्टी महिला अधिकारकर्मी एवं सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा अपिल गरिएको छ ।
यसैबीच रुकुमेली सेवा समाजका अध्यक्ष मीनराज वलीले पीडितलाई न्याय दिलाउन कुनै कसर पनि बाकी नराख्ने बताउनुभएको छ । उहाँले बलात्कारीहरुलाई कारवाही गर्न प्रहरी प्रशासनले चाल्ने हरेक कदमलाई सहयोग गर्ने बताउनुभएको छ । राजनीतिक दलको दबाबमा अपराधीहरुलाई संरक्षण गर्न खोजेमा समाजले कडा आन्दोलन गर्ने उहाले चेतावनी दिनुभयो ।
दाङका गाविस सचिवहरुलाई राजीनामा दिन धम्की
दाङ,असार- देशका बिभिन्न स्थानमा असुरक्षाको कारण देखाउदै गाविस सचिवहरुले सामूहिक राजीनामा दिइरहेको समयमा दाङका गाविस सचिवहरुलाई पनि एक भूमिगत समूहले राजीनामा दिन धम्की दिएको छ । संयुक्त जातिय मुक्ती मोर्चा नेपाल नामक भूमिगत समुहले हुलाकमार्फत पत्र पठाइ राजीमाना दिन दवाव दिएको हो । गत जेठ २४ गतेको मितीमा पठाइएको पत्र असार ३ गते प्राप्त भएको गाविस सचिव हकहित संरक्षण केन्द्र दाङले जनाएको छ ।
'मुक्तीदाता' नामका व्यक्तीले हस्ताक्षर गरेको पत्रमा आफ्नो पार्टीको तर्फबाट स्थानिय सरकार गठन गर्नुपर्ने भएकाले सवै गाविस सचिवहरुलाई राजिनामा गर्न पत्र पठाइएको उल्लेख छ । उक्त पत्रका कारण सचिवहरु आतंकित भएको गाविस सचिव हकहित संरक्षण केन्द्र दाङका अध्यक्ष गेहराज पौडेलले बताए । पत्रका बिषयमा स्थानीय प्रहरी प्रशासन र जिल्ला विकास समितिमा जानकारी गरएको पौडेलले बताए । यस्तो त्रासपूर्ण अबस्थामा कसरी काम गर्ने भन्ने बिषयमा सचिवहरुबीच छलफल भैरहेको उनले बताए ।
Wednesday, June 30, 2010
Sunday, June 27, 2010
मलेसियामा नेपालीको हत्याक्रम तीव्र फेरिपनि दुइ नेपालीको हत्या
मलेसियामा नेपाली श्रमिकहरुको सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?
क्वालालम्पुर मलेसिया । मलेसियामा चन्द्रबहादुर दर्जीको हत्या सेलाउन नपाउदै फेरी अरु दुइ श्रमिकहरुको हत्या भयको छ । हालै मात्र मलेसियाको केडाह राज्यको सुगाई पेतानी भन्ने ठाँउमा दुइ नेपाली श्रमिकहरुको हत्या भयको हो । जिल्ला अर्घाखाँची सिताधारा गाविस वडा न ८ चिलिङखोलाका वर्ष३५ का द्रोण वहादुर राना मगर र सल्यान जिल्ला लेकपोखरा गाविस वडा न ३ घर भएका वर्ष २५ का नारायण भण्डारीको जुन २४ तारिखका दिन मलेसियामा हत्या भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर भन्दा चार घण्टा टाढा रहेको पेनाङ राज्यको सुगाई पेतानी भन्ने ठाँउमा उनीहरुको हत्या भएको हो ।
डिउटी सकेर साइकल चढी आफनो होस्टल तर्फ फर्किरहेका ६ जना मध्ये पछाडि पटटी रहेका दुइ जनालाई लुटेराहरुको अज्ञात समूहले राती ११ वजेको समयमा हत्या गरेको हो । आफु संगै आईरहेका साथी होस्टलमा नफर्केपछि खोज्दै जादा रातीको ३ वजे साथीहरुले मगर र भण्डारीको शवलाई वाटोमा फेला पारेका थिए । लुटेराहरुले उनीहरु संग रहेको मोवाइल सेट र पैसा लुटेर लगेका छन । मगरको पेटमा र भण्डारीको घाटी रेटर हत्या गरिएको छ । मृतक दुवैको शवलाई स्थानिय सुल्तान अब्दुल हालीम अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । उनीहरु दुवै काठमाडौंको बसुन्धरास्थित कालिका मेनपावरबाट २६ महिना अघि मलेसिया पुगेका थिए । मृतक भण्डारीको २ छोरी, श्रीमती र बुवाआमा रहेका छन् ।
यसरि क्रमिक रुपमा नेपाली श्रमिकहरुको हत्या हुँदा नेपाली श्रमिकहरु थप आतंकित बन्न थालेका छन् भने निर्दोष नेपाली श्रमिकहरुको हत्याको खबरले अहिले पुरै मलेसियाका श्रमिकहरु शोकाकुल रहेका छन्। मलेसिया स्थित क्रियाशील संस्थाहरु नेकपा एमालेको प्रवास कमिटी "प्रवासी नेपाली मजदुर संघ मलेसिया",जिफन्ट सपोर्ट ग्रुप मलेसिया, राप्ति जनसम्पर्क समिती मलेसिया,नेपाली राजदुतावास मलेसिया, पत्रकार महासंघ मलेसिया, लगाएतका संघ संस्थाहरुले गहिरो दुख व्यक्त गरेका छन् । भने प्रवासी नेपाली मजदुर संघका अध्यक्ष तथा राप्ति जनसम्पर्क समिती मलेसियाका संस्थापक अध्यक्ष अमर ओली "श्रमजीवी" ले हत्याको घोर भर्सना र निन्दा गर्नु भएको छ। भने मलेसियामा नेपाली श्रमिकहरुको सुरक्षा कसले गर्ने भन्ने प्रश्न गम्भिर रुपमा आएको बताउनु भएको छ ।

Wednesday, June 23, 2010
नेपाली भाषा बोल्न नजान्ने नेपाली मन्त्री

काठमाडौं, असार : नेपाल सरकारकी एक मन्त्री नेपाली नै बोल्न जान्दिनन् । नेपाली उनी कठिनसँग बुझि्छन्, तर जवाफ फर्काउन सक्दिनन् ।
भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावतीदेवी पासवान आफ्नै दल फोरम लोकतान्त्रिकका सभासद् प्रमोद गुप्तासँग झगडा भएपछि अहिले चर्चामा छिन् । गृहजिल्ला बारा सदरमुकाममा उनीहरूबीच आमाका नाममा हिन्दीमा गालीगलौज भएपछि विवाद चर्किएको हो ।
विवाद मिलाउन अध्यक्ष विजय गच्छदारले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बोलाएका थिए । रिपोर्टिङ गर्न नयाँ पत्रिका पनि पार्टी कार्यालय पुगेको थियो । उनीहरू चर्कोचर्को स्वरमा आरोप-प्रत्यारोप गरिरहेका थिए । तर, उनीहरू भोजपुरीमा झगडा गरेकाले कसले के भनेको हो भनी रिपोर्टिङ गर्न मुस्किल भयो ।
विवाद किन र कहाँबाट सुरु भएको हो भनी नयाँ पत्रिकाले मंगलबार पनि 'फलोअप' गरेको थियो । त्यही क्रममा प्रस्ट भयो, मन्त्रीजी नेपाली बोल्नै नसक्ने रहिछन् ।
मन्त्री पासवानले नेपाली बोल्नै नजान्दा मन्त्रालयका कर्मचारीसँग संवादमा समस्या परेको छ । मन्त्री नेपालीमा बोल्न सक्दिनन्, कर्मचारी भोजपुरी बोल्न सक्दैनन् । त्यसैले, कर्मचारीहरू सकेसम्म मन्त्रीबाट टाढा हुन खोज्छन् ।
'नेपाली भाषामा कुरा गर्दा त मन्त्री रिसाइहाल्नुहुन्छ,' मन्त्रालयका कर्मचारीले नयाँ पत्रिकासित भने । मन्त्रीलाई भेट्न आउने कार्यकर्ता भने हिन्दी र भोजपुरीमा खरर्र बोल्छन् । नेपाली बोल्न नआउने सहायकमन्त्री पासवानलाई नेपाली भाषामा लेखिएका किताब र पत्रपत्रिका पनि पढ्न आउँदैन । उनका सहयोगीले उनको विषयमा लेखिएका समाचार अनुवाद गरेर सुनाउँछन् । आफ्ना बारेमा आएका समाचारप्रति उनी निकै चासो राख्छिन् ।
नेपाली नबुझ्ने कलावतीको माइती भारतको मोतिहारी हो । उनी सात कक्षासम्म अध्ययन गरेको बताउँछिन् । तर, कर्मचारीहरू भन्छन्, 'कागजपत्रमा पनि बल्लतल्ल हस्ताक्षर गर्नुहुन्छ, अरू त बुझाउनै गाह्रो ।'
दलित तथा महिलाको कोटाबाट उनी मधेसी जनअधिकार फोरमकी सभासद् भएकी हुन् । दल फुटेपछि उनी लोकतान्त्रिकतिर छिन् ।
उनी फोरमले २०६३ सालमा गरेको आन्दोलनबाट सक्रिय राजनीतिमा आएकी हुन् । राजनीतिमा आउनुभन्दा पहिले उनी दलितका लागि खोलिएका स्थानीय तहका एनजिओमा सक्रिय थिइन् ।
त्यसो त कलावती अघिल्लो वर्ष पनि चर्चामा आएकी थिइन् । उपेन्द्र यादव र विजय गच्छदार समूहका महिला कार्यकर्ताबीच वीरगन्जमा ढुंगामुढा हुँदा कलावती पनि अग्रपंक्तिमा थिइन् । त्यतिवेलाको फाइल तस्बिर अहिले किन छापेको भनेर उनले नयाँ पत्रिकासित पनि आक्रोश पोखिन् । 'ओ पुराना तस्बिर हैं, अभि छाप्नेका क्या काम हैं ?' उनको आक्रोश थियो । त्यसो त प्रमोद गुप्तासँगको विवादबारे उनले अन्तर्वार्ता पनि दिइन् । तर, संवाददाताले नेपालीमा सोधेका प्रश्नको जवाफ उनले हिन्दीमा दिइन् । तपाईं नेपाली बोल्नुहुन्न भन्ने प्रश्नमा 'आप नेपाली मे बोलो न, हम तो हिन्दीमे जवाफ देेंगे' भन्दै झर्किएर उनले सहयोगीलाई फोन दिइन् । सहायकमन्त्रीका सहायक स्वकीय सचिव राकेशकुमार गुप्ताले भने, 'उहाँ नेपाली त बुझ्नुहुन्छ तर बोल्नुहुन्न ।'
उसको सरम नहीं हैं
कलावती पासवान, भौतिक योजना तथा निर्माण सहायकमन्त्री
तपाइ र प्रमोद गुप्ता एउटै दलको, एउटै जिल्लाको सभासद् । विवाद किन गरिरहनुभएको छ ?
गल्ती मेरा नहीँ हंै । गल्ती उसका हैं । प्रमोद गुप्ता बारा तीन नम्बर से जित के आया हैं । लेकिन उसका छेत्तर -क्षेत्र) तो पाँच नम्बर हैं । तीन नम्बर तो असली रुप से मेरा हैं ।
तर, तपाईं त समानुपातिकबाट निर्वाचित हुनुभएको हो नि ?
समानुपातिक से आई हुँ तो मेरा क्या कसुर ? पार्टी ने समानुपातिकमे पठाया, इसलिए समानुपातिक मे गई । उसको टिकस -टिकट) दिया तो ओ जित गया । लेकिन ओ अकेले तो नहीँ जित के आया न । हम लोग सब मिल के उसको जिताया । लेकिन जब से हम मन्त्री बने हैं, उसको डाह हो रहा हैं ।
तपाइ मन्त्री हुँदा प्रमोद गुप्ताले विरोध गरेका थिए कि थिएनन् ?
क्युँ नहीँ करेगा । उसने तो बहुत विरोध किया था । लेकिन हमको फोरम लोकतान्त्रिक पार्टी ने मन्त्री बनाया, विजय गच्छदार ने मन्त्री बनाया । उसका विरोध से क्या होगा ?
तपाईं मन्त्री हुँदा पार्टीकै अर्को नेताले विरोध गर्नुपर्ने कारण के थियो र ?
उसको सरम नहीँ हैं न । ओ एक पुरुष हैं, लेकिन टक्कर ले रहा हैं एक महिलासे, एक दलित से । दलित महिला से टक्कर लेने वाला ओ किस किसमका पुरुष हैं ? मै मन्त्री बनी हुँ न, इस चिजका उसे डाह हैं । उसका हिम्मत हो तो दुसरे पार्टीके नेता से टक्कर लेता, उमाकान्त चौधरी -स्वास्थ्यमन्त्री) से टक्कर लेता, माओवादी और एमाले के नेता से टक्कर लेता ।
गढीमाई मन्दिरको विकासका नाममा तपाइले भ्रष्टाचार गरेको भन्दै सभासद् गुप्ताले विरोध गरेका हुन् भनिन्छ नि ?
गढीमाई मे जो बजेट गया हैं, ओ हम ने नहीँ पर्यटन बोर्ड ने भेजा हंै । उसका खरच -खर्च) हम ने नहीँ किया । गढीमाईमे एक समिति हैं, उसने किया । इस मे हमको कोई लेनादेन नहीँ हैं । हम ने कोई भ्रष्टाचार नहीँ किया ।
तपाईं नेपाली बोल्नु हुन्न र ?
मैं तो भोजपुरी और हिन्दी बोलती हुँ । आप नेपाली मे बोलिए न, हम हिन्दी मे जवाफ देंगे ।
नयाँ पत्रिका बाट
Monday, June 21, 2010
भारतीय सिमा सुरक्षा बल (एसएसबि)द्वारा नेपाली मजदुर माथि लुटपाट
दाङ असार भारतमा काम गरेर फर्किरहेका चारजना नेपाली मजदूरहरुको साढे ६ लाख रुपैयाँ बनवासा सीमामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले जफत गरेको छ । भारतको हिमाञ्चल र दिल्लीबाट फर्केका नेपाली मजदूरहरुसँग भएका पाँच सय र एक हजार भारतीय रुपैयाँका नोटहरु एसएसबीले खोसेको कुरा पीडितहरुले बताएका छन् ।
पीडितहरुले बताएअनुसार एसएसबीले रोल्पाको गजुरी गाविस- २ काप्राका जनक थापाको १ लाख २० हजार ६ सय, मनबहादुर घर्तीको १ लाख २० हजार, दाङका बलबहादुर थापाको १ लाख ९८ हजार ६ सय र कैलालीका शंकर थापाको १ लाख ७० हजार रुपैयाँ जफत भएको छ । भारतीय रुपैयाँ नेपाल लग्नै पाइँदैन, नेपाल सरकारले प्रतिबन्ध लगाएको छ भन्दै सबै पैसा लुटेको कुरा हिमाञ्चलबाट आएका जनक थापाले बताएका छन् ।
डेढ वर्षअघि हिमाञ्चल गएका उनीहरु हाइड्रोपावरमा काम गरी फर्किएका थिए । हिमाञ्चलको कुल्लु जिल्लाको पीइएस इन्जिनियरिङ प्रा.लि.मा काम गर्ने उनीहरुले अन्य साथीको पैसा पनि ल्याएका थिए । रोल्पाका ८ जना तथा दाङ र कैलालीका चारजनाको पैसा उनीहरुले बोकेका थिए । त्यस्तै, भारतमा रहेका छिमेकीहरुले पठाएको पैसा पनि उनीहरुसँग थियो । दर्ुइ दिनअघि पञ्जाव नेशनल बैंकबाट निकालेका हौं भन्दै बैंकको चेक देखाउँदा पनि नमानेर सीमानाकाका बर्दीधारीहरुले सबै पैसा लगेका थिए । सबै पैसा लुटिएपछि घर जाने खर्च पनि नरहेेको गुनासो पीडितहरुले गरेका छन् । एसएसबीले समातेपछि उनीहरुले आफूले काम गर्ने कम्पनीमा समेत फोन गरेका थिए । मजदूरहरुले धेरै कोशिस र अनुरोध गर्दा पनि एसएसबीले नेपाल सरकारले नै भारतीय रुपैयाँमा प्रतिबन्ध लगाएको कुरा बताएर पैसा जफत गर्ने काम भएको थियो । गड्डा चौकीमा रहेका नेपाली सुरक्षाकर्मीलाई समेत उनीहरुले जानकारी गराएका थिए । पैसा लुटिएपछि महेन्द्रनगर पुगेका पीडितहरुलाई कञ्चनपुर होटल व्यवसायी संघले बसोबासको व्यवस्था गरेको थियो । संघले पैसा फिर्ताका लागि पहल गरे पनि एसएसबीले वार्ता गरेनन् । उल्टै मुद्दा लड्नुपर्ने कुरा बताएर लुटिएको धन पचाउने कोशिसमा लागेका थिए ।
होटेल व्यवसायी संघका अध्यक्षको सहयोगमा पीडितहरु चारैजना घर फर्केका छन् । यसरी सीमानामा नेपालीहरुमाथि हुने लुटपाटको घटना यो पहिलो नभएतापनि यसपटक भने नयाँ बहानामा नेपाली मजदूरहरु लुटिएका छन् । नेपालीहरुमाथि हुने यसप्रकारको लुटपाटको विरुद्धमा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले उत्तर प्रदेश, बिहार लगायत भारतको केन्द्र सरकारलाई विभिन्न समयमा ज्ञापनपत्र बुझाउँदै आएको हो । समाजले कैयौंपटक देशका चारवटा ठूला नाकाहरुमा जुलुस, धर्ना, पत्रकार सम्मेलन जस्ता कार्यक्रमहरु गरेर सरकारको ध्यानाकर्षण गराएकै हो । समाजको यसप्रकारको मागको बाबजुद पनि सरकार मौन रहेको छ । भारतमा नेपालीहरु सन् १९५० को शान्ति तथा मैत्री सन्धिको आधारमा जाने गरेका छन् । सन्धिका अनुसार नेपालीहरुले भारतीय नागरिकसरह सबैखाले सुविधा उपलब्ध हुनुपर्ने प्रावधान छ । यी सबै केवल कागजमा सीमित रहको हुनाले नेपालीहरु दिनानुदिन लुटिने गरेका छन् । यसपटकको घटनाले सञ्चार जगतले खुबै उठाउँदा पनि नेपाल सरकारको भने न त आँखा खुल्न सकेको छ, न त भारत सरकारसँग यस्ता घटनाहरुलाई रोक्न पहल गरेको छ । यसप्रकारका घटनाहरुलाई रोक्न सबैस्तरका संघसर्ंथाहरुबाट पहल हुनुपर्ने देखिएको ।

नामै नसुनिएको पार्टीको बन्दले जनजीवन पूरै ठप्प
उदय जीएम दाङ, असार : भीष्म एकता परिषद् नेपाल नामक नामै नसुनिएको पार्टीको मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय बन्दले दाङको जनजीवन पूरै ठप्प भएको छ । परिषद्ले पर्चा वितरण गरी बन्दको आव्हान गरेपछि उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, बजार र यातायात सेवा पूर्णतः ठप्प रहेका छन् । छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् ।
भीष्म एकता परिषद्ले आफ्नो पर्चामा असार ७ र ८ गते मध्यपश्चिम आमहडताल आव्हान गरेको र त्यसलाई बेवास्ता गरी हडतालको अवज्ञा गरेमा जुनसुकै मिति र समयमा कुनै जानकारीबिना नै कारवाही गरिने चेतावनी दिइएको थियो । सोही चेतावनीका कारण यसअघि नामै नसुनिएको पार्टीको बन्दले यति धेरै प्रभाव पारेको हुनसक्ने अनुमान गरिएको छ ।
पर्चामा २०६३ सालमा सुदूरपश्चिमबाट परिषद्को स्थापना भएको र हिन्दू अधिराज्यलगायतका मागहरु राखी संघर्ष गर्दै आएको उल्लेख छ । उसले २०६६ असोज २१ गते शान्तिपूर्ण सुदूरपश्चिम बन्द सफल पारेको दावी गरेको छ । त्यसपछि चैत ९ गते सुदूर र मध्यपश्चिम बन्दको आव्हान गरिएकोमा हिन्दू धर्म भएको देश हर्ेन नचाहनेहरुले अवज्ञा गर्दा सुदूर पश्चिममा एकदर्जन बढी सवारीसाधनहरुमा आगजनी भएको पर्चामा उल्लेख छ । पर्चामा २०६२/०६३ को जनआन्दोलनमा जनताले राजतन्त्रको बारेमा फैसला गरेको तर धर्मनिरपेक्षताको विषयमा कुनै फैसला नगरेकाले यस विषयमा विचार नगरिएसम्म संघर्ष जारी रहने जनाइएको छ ।
वर्तमान सरकारलाई जनविरोधी सरकारको संज्ञा दिँदै पर्चामा यसको राजीनामा र र्सवदलीय सरकारको माग पर्चामा उल्लेख छ । त्यस्तै, नेपाल हिन्दू अधिराज्य स्थापना हुनुपर्ने, नयाँ संविधानको बैधता जनमत संग्रहबाट गरिनुपर्ने, जातीय संघीयता चाहिँदैन, अपराधिक गिरोहलाई नियन्त्रण, राष्ट्रिय जनावर गाई हुनुपर्ने, शान्ति स्थापना हुनुपर्ने, भूमिहीनहरुको पुनर्स्थापना, द्वन्द्वपीडितलाई राहत र पुनर्स्थापना, प्राकृतिक स्रोतसाधनको जगर्ेना लगायतका मागहरु पर्चामा उल्लेख गरिएको छ ।
हल्कारा नेपाल

Thursday, June 17, 2010
तुलसीपुरमा सशस्त्र बेस क्याम्प स्थापना हुने
तुलसीपुर, असार । बम बिष्फोट र चन्दा आतंकको मार खेपिरहेका पश्चिम दाङका व्यापारी र र्सवसाधारणलाई सुरक्ष्ँा दिन तुलसीपुरमा सशस्त्र प्रहरीको वेस क्याम्प स्थापना गरिने भएको छ । सशस्त्र प्रहरी निरीक्ष्ँकको नेतृत्वमा एक सयजनाको दरबन्दी रहने सो क्याम्प तत्कालका लागि रेडियो नेपालको टावर रहेको स्थानमा स्थापना गरिने छ ।
विभिन्न समूहले तुलसीपुर क्ष्ँेत्रमा बम विष्फोट गराउने, बम राख्ने, धम्की दिने, चन्दा असुल्नेलगायतका आपराधिक क्रियाकलाप गर्न थालेपछि असुरक्ष्ँाको कारण देखाउ“दै व्यापारीहरु विस्थापित हुने क्रम शुरु भएको थियो ।
बढ्दै गएको असुरक्ष्ँालाई मध्यनजर राख्दै प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकालको अग्रसरतामा बुधवार सशस्त्र प्रहरीको वेस क्याम्प स्थापनासम्बन्धी छलफल भएको छ । कार्यक्रममा बोल्ने वक्ताहरुले सशस्त्र प्रहरीलाई कुनै पनि मूल्य चुकाएर तुलसीपुरस्थित रेडियो नेपालको टावर रहेको स्थानमा राख्नुपर्नेमा जोड दिएका छन् । उनीहरुको निष्कर्षछ- 'बम पड्काएर चन्दा माग गर्नेहरु कुनै राजनीतिक समूह नभएर रातारात करोडपति बन्ने आकांक्ष्ँा बोकेका लुटेरा समूह भएकाले त्यस्तो गतिविधि नियन्त्रण गर्न जरुरी छ ।'
व्यक्तिगत स्वार्थमा लागेका ती व्यक्ति र समूहहरु कसको स्वार्थमा कोबाट परिचालित छन् भन्ने कुरा बाहिर ल्याउनुपर्ने सहभागीहरुको माग थियो । तुलसीपुरमा क्रियाशील राजनीतिक दलहरुको सहभागितामा भएको छलफलले हाल बस्दै आएका इलाका प्रहरी र प्रहरी चौकीहरुको स्तरबृद्धि गनर्ेर्ेेविभिन्न ठाउ“मा प्रहरी चौकी स्थापना गर्न माग गर्ने निर्ण्र्ाागरेको छ ।
उनीहरुले इलाका प्रहरी कार्यालय तुलसीपुर र चिराघाट प्रहरी चौकीको स्तरबृद्धि तथा तुलसीपुरको दुधेना, पुरन्धारा गाविसको हापुरे र उरहरी गाविसको शीतलपुरमा प्रहरी चौकी स्थापनाका लागि माग गर्ने निर्ण्र्ाापनि गरेका छन् । स्तरबृद्धि र प्रहरी चौकी स्थापनाको माग पूरा भए शान्ति सुरक्षामा धेरै सुधार आउने उनीहरुको अपेक्षा छ । कार्यक्रममा सहभागी राजनीतिक दलका प्रतिनिधिहरुले आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरु जुनसुकै दलस“ग सम्बद्ध रहेको पाइए पनि निर्धक्कस“ग कारवाही गर्न प्रहरी प्रशासनस“ग आग्रह गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ऋषिराम ढकाल, जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्ष्ँक ठाकुरप्रसाद ज्ञवाली, सशस्त्र प्रहरी बल ज्वालामाई गण भालुवाङका प्रहरी उपरीक्ष्ँक प्रवीण गुरुङ, एकीकृत नेकपा माओवादीकार् इश्वरी पाण्डे, नेपाली कांग्रेसका तेजबहादुर बस्नेत, नेकपा एमालेका कृष्णप्रसाद आचार्य, फोरम लोकतान्त्रिकका कृष्णगोपाल गुप्ता, जनशक्ति पार्टर्ीी रोमहर्षभण्डारी, जनमुक्ति पार्टर्ीी लीला पुन, नागरिक समाज दाङका संयोजक टीकाराम रेग्मी, तुलसीपुर उद्योग वाणिज्य संघका सहसचिव टोपबहादुर र्घर्ती र राप्ती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केदार सेञ्चुरीले पश्चिम दाङमा शान्ति सुरक्ष्ँा कायम राख्न प्रहरीको भूमिका अझै सशक्त हुनुपर्ने बताउनुभएको थियो ।
राजश्व कार्यालयको गेटमा बम
केही समयदेखि तुलसीपुर आसपासका क्ष्ँेत्रमा टाइगर समूह र नेकपा मालेमाले चन्दा आतंक र बम विष्फोट गराउ“दै आएकोमा बुधवार तुलसीपुरमा पुनः बाल्टिन बम फेला परेको छ । तुलसीपुरस्थित आन्तरिक राजश्व कार्यालयको गेट अगाडि बुधवार बिहान ५ः४५ बजे सो बम फेला परेको हो । नेपाली सेनाका १९ नं. बाहिनीबाट गएको बम डिस्पोजल टोलीले तीन घण्टा लगाएर गेटभन्दा १५ मिटर टाढा बम डिस्पोज गराएको थियो । उक्त स्थानमा नेकपा मालेमाले गत शुक्रवार पनि बम राखेको थियो ।
यसैबीच आफूलाई नेकपा मालेमा दाङका इञ्चार्ज आजाद बताउने एक व्यक्तिले स्थानीय सञ्चार माध्यमलाई टेलिफोन गरी आफूले बम राखेको दावी गरेका छन् । यसअघि तुलसीपुरकै एक होटेलअगाडि बाल्टिन बम राखेकोे घटनाको जिम्मेवारी पनि ती व्यक्तिले लिएका थिए ।युगबोध

दाङमा क्रियाशील पत्रकार महिला संघ गठन

दाङ, असार : दाङ जिल्लामा क्रियाशील महिला पत्रकारहरुको बुधवार घोराहीमा सम्पन्न भेलाले क्रियाशील महिला पत्रकारहरुको जिल्ला संघ गठन गरेको छ । क्रियाशील पत्रकार महिलाहरुको संगठन -डब्लुडब्लुजे)का मध्यपश्चिम संयोजक लीला शाहको आतिथ्यमा सम्पन्न भेलाले मञ्चका अध्यक्षमा बीबीसी नेपाली सेवामा कार्यरत बसुन्धरा गौतमको अध्यक्षतामा क्रियाशील महिलाहरुको जिल्ला संघ गठन गरेको हो ।
समितिका उपाध्यक्षमा गोरखापत्रका सरिता सुवेदी अन्नपूर्ण राष्ट्रिय दैनिकका चुमा आचार्य, सचिवमा राष्ट्रिय समाचार समितिका कुन्ता भण्डारी, सहसचिवमा गणतन्त्र राष्ट्रिय दैनिकका रीता लामा, कोषाध्यक्षमा रेडियो इन्द्रेणीकालोका विश्वकर्मा रहेका छन् । मञ्चका सदस्यहरुमा रेडियो इन्द्रेणीका पूजा शर्मा, सबिता चौधरी, रेडियो र्स्वर्गद्वारीकामाया पोख्रेल, लक्षिमा चौधरी, सन्ध्या रेग्मी, राष्ट्रिय समाचार समितिका नारायणी रजौरे र देविका जिएम, गणतन्त्र राष्ट्रिय दैनिकका पुनम डिसी तथा रेडियो मध्यपश्चिमका हरिमाया डिसी रहेका छन् ।
त्यस्तै संघका सल्लाहकारहरुमा क्रियाशील पत्रकार महिलाको संस्था -डब्लुडब्लुजे) का मध्यपश्चिम संयोजक लीला शाह र रेडियो र्स्वर्गद्वारीका सुलोचना गौतम रहेका छन् । अन्य सल्लाहकारहरुलाई पछि थप गरिने बताइएको छ । भेलाले असारको दोस्रो साता देउखुरीको लमहीमा 'सञ्चारमा महिलाको पहुँच' विषयमा अन्तरक्रिया गर्ने, जिल्लामा क्रियाशील महिला पत्रकारहरुलाई सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ । जसका लागि मञ्चका उपाध्यक्ष चुमा आचार्यलाई जिम्मा दिइएको छ ।
Wednesday, June 16, 2010
तराईका ११ हजार युवालाई अमेरिकाले तालिम दिने / नेपालका नेताहरु बुढा भए: डेलिसी

पर्सा, अषाढ
नेपालका लागि अमेरीकी राजदुत स्कच एच डेलिसीले नेपालका राजनीतिक दलका नेताहरु सबै ६० बर्ष माथिका मात्र रहेकाले यहाँका युवालाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
अमेरिकी सूचना केन्द्रको सहयोगमा संचालित वीरगन्जस्थित सामुदायिक पुस्तकालमा मंगलबार आयोजित विकासमा युवाको भूमिका बिषयक अन्तर्क्रियामा बोल्दै राजदुत डेलिसीले यस्तो सुझाव दिएका हुन् ।
उनले आफूले आज भन्दा २६ बर्ष पहिले नेपालमा जलविद्युतको पर्याप्त सम्भावना रहेको छ भनि सुनेको र हाल पनि त्यही सुनि रहेको बताए । जलविद्युतको बारेमा कुरा मात्र गर्ने तर त्यसलाई उत्पादन गर्ने तत्परता नदेखाउनु नेपालीको कमजोरी रहेको उनले टिप्पणी गरे ।
अमेरिकाले तराईका ११ हजार युवालाई रोजगारीका लागि तालिम दिने योजना ल्याई रहेको बताउदै डेलिसीले शिक्षामा मात्र नभई रोजगारीका लागि शिक्षामा जोड दिन सुझाव दिएका थिए । अमेरिकाले नेपाललाई यस बर्ष ५० लाख अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै त्यसको अधिकांश रकम यहाँको ग्रामीण क्षेत्रको विकासका लागि खर्च हुने बताए ।
डेलिसीले नेपाललाई भारत,चीन वा अमेरिका कसले चलाउछ भनि आफूले भन्न नसक्ने तर अमेरिकाले भने नेपालमा कुनै पनि खाले हस्तक्षेप नगरको दाबी गरे । उनले अमेरिकाको स्वार्थ केवल शान्त र लोकतान्त्रिक नेपाल हेर्न चाहनु हो भन्दै यहाँ कानूनको शासन, मानव अधिकारको बहाली र राजनीतिक स्थायित्व भएको अमेरिकाले हेर्न चाहेको बताए ।
Wednesday, June 9, 2010
जग्गा बेचेर युनिटीमा लाग्दा घरवार विहीन
पाण्डवप्रसाद शर्मा
रामपुर -दाङ असार । सम्पर्ूण्ा परिवार युनिटी नेर्टवर्कमा लाग्दा दाङको एक दलित परिवार घरबारबिहीन भएको छ । रामपुर गाविस-३ बालिमखोला निवासी पदमप्रसाद विक जग्गा बेचेको रकमबाट सातजनाको परिवारलाई युनिटीको सदस्य बनाउ“दा अहिले अलपत्र परेका छन् ।
एक ठाउ“को जग्गा बेचेर अर्को ठाउ“मा किन्ने तयारी गरेका विकलाई युनिटी प्रतिनिधिहरुले धेरै आम्दानी हुने प्रलोभन देखाएर सपरिवारलाई सदस्य बनाइदिएपछि उनी अहिले रातदिन रोइकराइ गरिरहेका छन् । श्रीमती अमृताका साथै छोरीहरु ११ वषर्ीया जुनु, ९ वषर्ीया गीता, ७ वषर्ीया शर्मिला, ४ वषर्ीया डिला र २ वषर्ीया आराधनालाई समेत सदस्य बनाइदिएर युनिटी प्रतिनिधिहरुले उनको १ लाख १ हजार रुपैया“ लिएका थिए ।
उनले एक वर्षघि युनिटीमा रकम बुझाएका हुन् । त्यसक्रममा उनले १० प्रतिशत ब्याज पाउने, सबैको बीमा हुने, नियमित लाभांश आउनेलगायतका आश्वासन पाएका थिए । विकले जग्गा बेचेको रकममा १५ हजार थप ऋण लिएर युनिटीका प्रतिनिधि लालचन्द्र बञ्जाडेलाई बुझाएको बताए । पछि पाएको लाभांश ४ हजार २ सयसहित अहिले उनले पाउनुपर्ने रकम १ लाख ५ हजार २ सय छ ।
विक परिवारलाई अहिले छोरीहरु पढाउनसमेत समस्या परेको छ । स्थानीय शिक्षिका तारा पौडेलले रातदिन घरमा आएर युनिटीको सदस्य बन्न आग्रह गरेपछि आफू सदस्य बनेको विकले बतँएका छन् । 'सधैं तारा म्याडम आएर सदस्य बन, राम्रो कमाइ गर्न सकिन्छ भनेर ललाइफकाई गरेपछि म युनिटीको सदस्य बनेको हु“'- विकले भनेेे- 'अहिले रकम फिर्ताको लागि पटक-पटक आग्रह गर्दा समेत यो केन्द्रको समस्या हो भनेर आलटाल गरिरहनुभएको छ ।'
एकातर्फविक परिवार आर्थिक अभावले पिरोलिएको छ भने अर्कोतर्फरकम फिर्ता हुने हो कि होइन भनेर चिन्तित भइरहेको छ । आफूलाई अहिले छोराछोरी कसरी पढाउने भनेर चिन्ता लागेको बताउ“दै पदमप्रसादले युनिटीबाट रकम फिर्ता गर्राई दिन सबैलाई आग्रह गरे ।
यहा“का अन्य दलित परिवारलाई पनि युनिटीका सदस्यहरुले ललाइफकाइ सदस्य बनाएका छन् । विकको परिवारलाई सदस्य बनाउन सहयोग गर्ने शिक्ष्ँिका तारा पौडेलले आफू पनि थाहा नपाएर युनिटीबाट ठगिएको बताइन् । उनले आफूले विक परिवारलाई युनिटीको बारेमा जानकारी दिए पनि सदस्य बन्न आग्रह नगरेको दावी गरिन् ।
यसैगरी विकलाई सदस्य बनाउने लालचन्द्र बञ्जाडेले यो राष्ट्रिय समस्या भएकाले आफूले मात्रै केही गर्न नसक्ने बताए । उनले यसबाट सबै ठगिएकाले कि त सरकारले कि कम्पनीले रकम फिर्ता गर्नुपर्ने धारणा व्यक्त गरे । विकलाई आफूले सदस्य नबनाएको समेत उनलेे दावी गरे ।
यस सम्बन्धमा जिज्ञासा रँख्दा युनिटीका जिल्लास्तरीय एक पदाधिकारीले जनताबाट संकलित रकम नेपालमै रहेकाले हरायो कि भनेर नआत्तिन आग्रह गरे । 'युनिटीले गरेको काम ठगी कार्य हो भनी अहिलेसम्म कतैबाट प्रमाणित नभएको र गैरकानुनी भए कानुनी दायरामा ल्याउने प्रयास गर्नुपर्नेमा सरकारले अदृश्य शक्ति केन्द्रको उक्साहटमा कारवाही गरेको छ'- ती पदाधिकारीले भने-'रकम सुक्षित छ, अनुकूल परिस्थिति सिर्जना भएपछि त्यो लक्षित काममा प्रयोग हुनेछ वा फिर्ता लिन चाहनेले रकम फिर्ता लिन सक्नेछन् ।'
सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न आग्रह
काठमाडौँ, जेठ । संविधानसभामा प्रतिनिधित्व गर्ने विभिन्न साना दलले ठूला दललाई सत्ताको होडबाजीमा नलागी संविधान लेखनमा लाग्न सुझाव दिएका छन् ।
संवैधानिक समितिद्वारा सोमबार यहाँ आयोजित संविधानसभामा रहेका दलसँगको संयुक्त बैठकमा बोल्ने क्रममा उनीहरूले यस्तो सुझाव दिएका हुन् ।
एकीकृत नेकपा -माओवादी, नेपाली काङ्ग्रेस र नेकपा -एमाले ले तीनबुँदे सहमतिको आआˆनै कोणबाट व्याख्या गरेर अघि बढेमा अबको एक वर्षभित्र पनि संविधान बन्न नसक्ने चिन्ता प्रकट गर्दै उनीहरूले सरकार बनाउने र ढाल्ने खेलमा नलाग्न आग्रह गरेका हुन् ।
उनीहरूले यसअघि तोकिएको दुई वर्षको समयभित्र संविधान बन्न किन सकेन भन्नेबारे सबै दलले समीक्षा गरेर अगाडि बढ्नुपर्ने कुरामा जोड दिए ।
तराई मधेस लोकतान्त्रिक पार्टीका हृदयेश त्रिपाठी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनशक्ति पार्टीका डा. प्रकाशचन्द्र लोहनी, नेपाः राष्ट्रिय पार्टीका बुद्धरत्न मानन्धरलगायतले दलहरूबीच विभिन्न असहमति रहे पनि टुङ्गो लगाउन सकिने विषयलाई छिनोफानो लगाउँदै जानुपर्ने विचार राख्नुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले अहिलेको अवस्थामा जनवादी संविधान बन्न नसक्ने भएकाले सबै दलको सहमतिमा पुँजीवादी संविधान बनाउनुपर्ने बताउनुभयो ।
सो अवसरमा बोल्ने एकीकृत नेकपा -माओवादी)का नेताहरूले प्रध्ाानमन्त्रीले १४ जेठको तीनबुँदे सहमतिअनुसार अहिलेसम्म राजीनामा नदिएकाले र काङ्ग्रेस तथा एमालेले यसको अपव्याख्या गरेकाले समस्या चर्कंदै गएको भनाइ राखेका थिए ।
यस्तै काङ्ग्रेस र एमालेका नेताहरूले एमाओवादीले तीनबुँदे सहमतिअनुसार शान्तिप्रक्रिया र संविधान बनाउने खाका प्रस्तुत नगरेको बताएका थिए ।
संवैधानिक समितिका अध्यक्ष नीलाम्बर आचार्यले संविधानसभामा रहेका सबै दलसँगको परामर्शपछि सो बैठक बोलाइएको जानकारी दिँदै यस बैठकले आगामी दिनमा सहमति गरेर कसरी अघि बढ्न सकिन्छ भन्नेबारे मार्गप्रशस्त गर्ने आशा व्यक्त गर्नुभयो ।
सोमबारको बैठकमा दलहरूले विगत दुई वर्षमा किन संविधान बन्न सकेन र अब कसरी सहमति गरेर जाने भन्नेबारे चिन्ता व्यक्त गरेकाले यो बैठक निकै महìवपूर्ण हुने उहाँले बताउनुभयो ।
कार्यान्वयन नभए जुनसुकै सम्झौता गर्नुको कुनै अर्थ नरहने टिप्पणी गर्दै अध्यक्ष आचार्यले दलहरूलाई आफैँले गरेको सम्झौता पालना गर्न आग्रह गर्नुभयो ।
सबै दलका नेताहरूले आआˆनो भनाइ राख्ने क्रम सोमबार नसकिएकाले सो बैठक मङ्गलबारका लागि पुनः बोलाइएको छ ।
यसैबीच एकीकृत नेकपा -माओवादी)का उपाध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा नदिएकोमा आश्चर्य प्रकट गर्नुभएको छ ।
संवैधानिक समितिद्वारा सोमबार संविधानसभा सचिवालयमा आयोजित संविधानसभामा प्रतिनिधित्व गर्ने दलसँगको संयुक्त बैठकमा सहभागी भई बाहिरिने क्रममा पत्रकारसँगको कुराकानीमा उहाँले सो कुरा बताउनुभएको हो ।
आˆनो पार्टीले अझै पनि जेठ १४ गते भएको तीनबुँदे सहमति कार्यान्वयन होस् भन्ने चाहेको बताउँदै उपाध्यक्ष डा. भट्टराईले भन्नुभयो, "प्रधानमन्त्रीले अविलम्ब राजीनामा दिने भनेको पनि ११ दिन भइसक्यो, प्रधानमन्त्रीजस्तो व्यक्तिले राजनीतिक मूल्यमान्यतालाई ध्यान दिएर तत्काल राजीनामा दिए अरूलाई पनि पाठ हुन्थ्यो ।"
आˆनो पार्टीको नेतृत्वमा सरकार चलाउने स्थिति आएमा पार्टीभित्रैबाट विकल्प दिन सकिने कुरा भए पनि यस एजेन्डामा छलफल गर्ने समय अहिले नआएको उहाँको भनाइ थियो ।
आˆनो पार्टीले केही दिनअघि साङ्केतिक रूपमा व्यवस्थापिका संसद् बहिष्कार गरे पनि यो कार्यमा निरन्तरता दिने कुनै योजना नरहेको स्पष्ट पार्दै उपाध्यक्ष डा. भट्टराईले मङ्गलबारदेखि सुरु हुने बजेट अधिवेशनबारे पनि कुनै छलफल नभएको बताउनुभयो । रासस

एमाले प्रनेम संघ मलेसियाको बैठक सम्पन्न

क्वालालम्पुर जुन
यहि गत जुन ६ तारिख एमाले को मलेसिया प्रवास कमिटिको दोस्रो बैठक सम्पन्न भयो अमर ओली 'श्रमजीवी' को अध्यक्षता र जिफन्ट मलेसियाका संस्थापक संयोजक बेद कुमार खतिवडा को प्रमुख आतिथ्य र दुर्गा शाही को बिशिष्ट आतिथ्य मा सम्पन्न बैठकको संचालन सोहि कमिटिका सचिव बिर विक्रम सुनारले गर्नु भएको थियो त्यसैगरि स्वागत कमल कृष्ण पौडेलले भने शुभकामना मन्तव्य उद्दव कोइराला ले दिनु भएको थियो। बैठकले नयाँ विधान र पार्टीको केन्द्रीय कमिटि लेनिनवादी संगठनात्मक पद्दति अनुसार महासचिव को जिम्मेवारी बिर विक्रम सुनार लाई र सचिव को जिम्मेवारी अर्जुन घिमिरे लाई दिएको छ। त्यसैगरि नेपालमा बन्न गैरहेको नयाँ संविधान पुर्व तोकिएको समयमा बन्न नसक्नु दुखदपूर्ण रहेको र आगामी बन्न गैरहेको संविधान निर्माण प्रक्रिया लाई सफल तुल्याउन सवै दलहरु सहमति मा जुट्न जुटाउन संविधान सभा सभामुख र प्रधान मन्त्रि समक्ष दवाव पत्र बुझाउने निर्णय गरेको छ ।
Friday, June 4, 2010
दलहरु आ-आफ्नै अडानमा, सहमतिमा बाधा, संविधान नबन्ने संकेत
काठमाडौ, जेष्ठ २१ - कांग्रेस र एमालेले शान्ति प्रकृया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्याकेजमै हल गर्नुपर्ने भन्दै माओवादीलाई सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार विहान बसेको ति दुई दलको बैठकले तीन बुँदे सहमतिलाई अक्षरस पालना गर्नुपर्नेमा कांग्रेसले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको थियो ।
सहमति कार्यान्वयन सम्बन्धमा भएको प्रगति र माओवादीको असन्तुष्टिबारे पनि बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए । माओवादीले गर्ने आन्दोलनबारे पनि छलफल भएको उनले जानकारी दिए । माओवादीलाई आन्दोलन गर्ने छुट भएपनि त्यसले सहमति कार्यान्वयनमा बाधा उत्पन्न भए त्यसको परिणामको दोषी माओवादी हुनुपर्ने केसीले बताए ।
कांग्रेस र एमालेले तीन बुँदे सहमतिको मर्म र भावनामाथि कुठाराघात गरेको आरोप लगाउदै माओवादीले सरकार विरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको भोलिपल्ट ति दुई दलले माओवादीले सम्झौता पालना नगरेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडान दोहोर्याएका हुन् । तीन बुँदे सहमति अनुसार माओवादीले संविधान निर्माण, लडाकु समायोजन, वाईसीएलको अर्द्ध सैनिक संरचना भंग, कब्जा सम्पत्ती फिर्ता लगायतका बिषयमा समयसीमा सहितको स्पष्ट कार्ययोजना ल्याएपछिमात्रै प्रधानमन्त्रीले राजीनामा दिने कांग्रेस र एमालेले अडान राख्दै आएका छन् ।
माओवादीले घात गर्यो : कांग्रेस-एमाले
प्रमुख सत्तारुढ दल कांग्रेस-एमालेले जेठ १४ गते मध्यराति भएको सहमतिप्रति घात गर्दै माओवादीले एकपक्षीय रुपमा आन्दोलनको घोषणा गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलका मुख्य नेताहरुको बैठकले सहमतिको बाटो छाडेर माओवादीले बेइमानी गरेको आरोप लगाए।
सहमतिका लागि माओवादीले प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तको रुपमा उठाएको थियो। कांग्रेस-एमालेले १४ जेठमा भएका तीन बुँदामध्ये सेना समायोजनको बुँदा कार्यान्वयनको स्पष्ट मार्गचित्र आएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने अडान राखेका थिए।
सहमतिको मर्ममाथि कुठाराघात: माओवादी
एकीकृत नेकपा माओवादीले सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिएर नेपाली कांग्रेस र नेकपा एमालेबाट जेठ १४ मा भएको तीनबु“दे सहमतिको मर्म र भावनामाथि गम्भीर कुठाराघात भएको निष्कर्षनिकालेको छ । माओवादी स्थायी समितिको बिहीवार बसेको बैठकले सो निष्कर्षनिकालेको हो । 'सहमतिको अभावमा अवरुद्ध संविधान र शान्ति निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउने नया“ समझदारीको आरम्भ बिन्दु मानिएको यही जेठ १४ गतेको तीनबु“दे सहमतिको मर्म र भावनामाथि कांग्रेस र एमालेबाट गम्भीर कुठराघात भएको छ'- बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।'
तीनबु“दे सहमतिको 'अपव्याख्या गरेर जनताको अपेक्षामाथि प्रहार गर्दै' अन्ततः कांग्रेस र एमालेले सहमतिका लागि पा“च दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने अलिखित समझदारीलाई तोडेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिनुलाई माओवादीले 'राजनीतिक बेइमानी र अनैतिकताको अर्को नग्नता' भनेर टिप्पणी गरेको छ । यस सर्न्दर्भको आधारभूत र प्रमुख प्रश्न प्रधानमन्त्रीको राजीनामा नभएर वस्तुतः सहमतिका आधारमा शान्ति र संविधान निर्माणमा अगाडि बढ्ने वा नबढ्ने भन्ने नै हो'- अध्यक्ष प्रचण्डको विज्ञप्तिमा भनिएको छ- 'हाम्रो पार्टर्ीी गतवर्षेखि नेका र एमालेको रवैयालाई सहमति, शान्ति र संविधानविरोधी रवैयाका रुपमा गर्दै आएको आलोचनालाई तीनबु“दे सहमतिको उल्लंघनले थप पुष्टि गरेको छ ।'
नेपाली जनताले निर्वाचनमार्फ् सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा पठाएको आफ्नो पार्टर्ीीई अलग्याउन खोजिएको भन्दै विज्ञप्तिमा भनिएको छ- 'यसबाट शान्ति, संविधान र परिवर्तनविरोधी चालबाजीबाहेक अरु केही नभएको तथ्य पनि झन् र्छलङ्ग भएको छ ।'यो सरकारले 'हत्या, आतंक, अपहरण, दण्डहीनता र अराजकताका बेलगाम श्रृंखला एवं महङ्गी र भ्रष्टाचारको नया“ कर्ीर्तिमान कायम गरेको' आरोप लगाउ“दै विज्ञप्तिमा जनआन्दोलनका अपराधीलाई समेत विभूषित गरेर सरकारले प्रतिगामी दिशा समातेको उल्लेख छ ।
सरकारविरुद्ध असहयोग र आन्दोलन
वर्तमान सरकारले सहमति र परिवर्तनविरुद्ध प्रतिगमन र यथास्थितिकै पक्षपोषण गर्ने गतिविधि गरिरहेको भन्दै माओवादीले सरकारविरुद्ध असहयोग आन्दोलन गर्ने घोषणा समेत गरेको छ । अर्को स्थायी समितिको बैठकले असहयोग आन्दोलनका कार्यक्रम घोषणा गर्ने माओवादीले जनाएको छ । बिहीवारको स्थायी समिति बैठकले जनताको शान्ति र परिवर्तनको आकांक्षा एवं शहीदको सपनाप्रति पर्ूण्ा प्रतिबद्धतासहित सहमतिका आधारमा शान्ति र संविधान सुनिश्चित गर्ने आफ्नो आन्दोलनलाई निरन्तर अगाडि बढाउने दृढता प्रकट गरेको छ ।
संसद बैठक बहिष्कार
यसैबीच माओवादीले बिहीवार व्यवस्थापिका-संसदको बैठक बहिष्कार गरेको छ । यही जेठ १४ गते संविधानसभाको म्याद थप्नेक्रममा प्रमुख तीन राजनीतिक दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिएकोमा बिरोध गर्दै माओवादीले बहिष्कार गरेको हो । माओवादी सभासद् देव गुरुङले प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको बाटो खुला गर्ने शर्तमा संविधानसभाको अवधि बढाउन आफ्नो दल राजी भएको तर प्रधानमन्त्रीले राजीनामा नदिई छलपर्ूण्ा व्यवहार गरेकालेे अबको सहमतिको यात्रा गम्भीर बनेको बताउनुभयो ।

Subscribe to:
Posts (Atom)