Wednesday, June 9, 2010

एमाले प्रनेम संघ मलेसियाको बैठक सम्पन्न


क्वालालम्पुर जुन
यहि गत जुन ६ तारिख एमाले को मलेसिया प्रवास कमिटिको दोस्रो बैठक सम्पन्न भयो अमर ओली 'श्रमजीवी' को अध्यक्षता र जिफन्ट मलेसियाका संस्थापक संयोजक बेद कुमार खतिवडा को प्रमुख आतिथ्य र दुर्गा शाही को बिशिष्ट आतिथ्य मा सम्पन्न बैठकको संचालन सोहि कमिटिका सचिव बिर विक्रम सुनारले गर्नु भएको थियो त्यसैगरि स्वागत कमल कृष्ण पौडेलले भने शुभकामना मन्तव्य उद्दव कोइराला ले दिनु भएको थियो। बैठकले नयाँ विधान र पार्टीको केन्द्रीय कमिटि लेनिनवादी संगठनात्मक पद्दति अनुसार महासचिव को जिम्मेवारी बिर विक्रम सुनार लाई र सचिव को जिम्मेवारी अर्जुन घिमिरे लाई दिएको छ। त्यसैगरि नेपालमा बन्न गैरहेको नयाँ संविधान पुर्व तोकिएको समयमा बन्न नसक्नु दुखदपूर्ण रहेको र आगामी बन्न गैरहेको संविधान निर्माण प्रक्रिया लाई सफल तुल्याउन सवै दलहरु सहमति मा जुट्न जुटाउन संविधान सभा सभामुख र प्रधान मन्त्रि समक्ष दवाव पत्र बुझाउने निर्णय गरेको छ ।

No comments: