Thursday, June 17, 2010

दाङमा क्रियाशील पत्रकार महिला संघ गठन


दाङ, असार : दाङ जिल्लामा क्रियाशील महिला पत्रकारहरुको बुधवार घोराहीमा सम्पन्न भेलाले क्रियाशील महिला पत्रकारहरुको जिल्ला संघ गठन गरेको छ । क्रियाशील पत्रकार महिलाहरुको संगठन -डब्लुडब्लुजे)का मध्यपश्चिम संयोजक लीला शाहको आतिथ्यमा सम्पन्न भेलाले मञ्चका अध्यक्षमा बीबीसी नेपाली सेवामा कार्यरत बसुन्धरा गौतमको अध्यक्षतामा क्रियाशील महिलाहरुको जिल्ला संघ गठन गरेको हो ।
समितिका उपाध्यक्षमा गोरखापत्रका सरिता सुवेदी अन्नपूर्ण राष्ट्रिय दैनिकका चुमा आचार्य, सचिवमा राष्ट्रिय समाचार समितिका कुन्ता भण्डारी, सहसचिवमा गणतन्त्र राष्ट्रिय दैनिकका रीता लामा, कोषाध्यक्षमा रेडियो इन्द्रेणीकालोका विश्वकर्मा रहेका छन् । मञ्चका सदस्यहरुमा रेडियो इन्द्रेणीका पूजा शर्मा, सबिता चौधरी, रेडियो र्स्वर्गद्वारीकामाया पोख्रेल, लक्षिमा चौधरी, सन्ध्या रेग्मी, राष्ट्रिय समाचार समितिका नारायणी रजौरे र देविका जिएम, गणतन्त्र राष्ट्रिय दैनिकका पुनम डिसी तथा रेडियो मध्यपश्चिमका हरिमाया डिसी रहेका छन् ।
त्यस्तै संघका सल्लाहकारहरुमा क्रियाशील पत्रकार महिलाको संस्था -डब्लुडब्लुजे) का मध्यपश्चिम संयोजक लीला शाह र रेडियो र्स्वर्गद्वारीका सुलोचना गौतम रहेका छन् । अन्य सल्लाहकारहरुलाई पछि थप गरिने बताइएको छ । भेलाले असारको दोस्रो साता देउखुरीको लमहीमा 'सञ्चारमा महिलाको पहुँच' विषयमा अन्तरक्रिया गर्ने, जिल्लामा क्रियाशील महिला पत्रकारहरुलाई सदस्यता वितरण गर्ने निर्णय पनि गरेको छ । जसका लागि मञ्चका उपाध्यक्ष चुमा आचार्यलाई जिम्मा दिइएको छ ।

No comments: