
पर्सा, अषाढ
नेपालका लागि अमेरीकी राजदुत स्कच एच डेलिसीले नेपालका राजनीतिक दलका नेताहरु सबै ६० बर्ष माथिका मात्र रहेकाले यहाँका युवालाई राजनीतिमा आउन सुझाव दिएका छन् ।
अमेरिकी सूचना केन्द्रको सहयोगमा संचालित वीरगन्जस्थित सामुदायिक पुस्तकालमा मंगलबार आयोजित विकासमा युवाको भूमिका बिषयक अन्तर्क्रियामा बोल्दै राजदुत डेलिसीले यस्तो सुझाव दिएका हुन् ।
उनले आफूले आज भन्दा २६ बर्ष पहिले नेपालमा जलविद्युतको पर्याप्त सम्भावना रहेको छ भनि सुनेको र हाल पनि त्यही सुनि रहेको बताए । जलविद्युतको बारेमा कुरा मात्र गर्ने तर त्यसलाई उत्पादन गर्ने तत्परता नदेखाउनु नेपालीको कमजोरी रहेको उनले टिप्पणी गरे ।
अमेरिकाले तराईका ११ हजार युवालाई रोजगारीका लागि तालिम दिने योजना ल्याई रहेको बताउदै डेलिसीले शिक्षामा मात्र नभई रोजगारीका लागि शिक्षामा जोड दिन सुझाव दिएका थिए । अमेरिकाले नेपाललाई यस बर्ष ५० लाख अमेरिकी डलर सहयोग गर्न लागेको भन्दै त्यसको अधिकांश रकम यहाँको ग्रामीण क्षेत्रको विकासका लागि खर्च हुने बताए ।
डेलिसीले नेपाललाई भारत,चीन वा अमेरिका कसले चलाउछ भनि आफूले भन्न नसक्ने तर अमेरिकाले भने नेपालमा कुनै पनि खाले हस्तक्षेप नगरको दाबी गरे । उनले अमेरिकाको स्वार्थ केवल शान्त र लोकतान्त्रिक नेपाल हेर्न चाहनु हो भन्दै यहाँ कानूनको शासन, मानव अधिकारको बहाली र राजनीतिक स्थायित्व भएको अमेरिकाले हेर्न चाहेको बताए ।
No comments:
Post a Comment