Sunday, June 27, 2010

मलेसियामा नेपालीको हत्याक्रम तीव्र फेरिपनि दुइ नेपालीको हत्या

मलेसियामा नेपाली श्रमिकहरुको सुरक्षाको ग्यारेन्टी कसले गर्ने ?
क्वालालम्पुर मलेसिया । मलेसियामा चन्द्रबहादुर दर्जीको हत्या सेलाउन नपाउदै फेरी अरु दुइ श्रमिकहरुको हत्या भयको छ । हालै मात्र मलेसियाको केडाह राज्यको सुगाई पेतानी भन्ने ठाँउमा दुइ नेपाली श्रमिकहरुको हत्या भयको हो । जिल्ला अर्घाखाँची सिताधारा गाविस वडा न ८ चिलिङखोलाका वर्ष३५ का द्रोण वहादुर राना मगर र सल्यान जिल्ला लेकपोखरा गाविस वडा न ३ घर भएका वर्ष २५ का नारायण भण्डारीको जुन २४ तारिखका दिन मलेसियामा हत्या भएको छ । मलेसियाको राजधानी क्वालालम्पुर भन्दा चार घण्टा टाढा रहेको पेनाङ राज्यको सुगाई पेतानी भन्ने ठाँउमा उनीहरुको हत्या भएको हो ।
डिउटी सकेर साइकल चढी आफनो होस्टल तर्फ फर्किरहेका ६ जना मध्ये पछाडि पटटी रहेका दुइ जनालाई लुटेराहरुको अज्ञात समूहले राती ११ वजेको समयमा हत्या गरेको हो । आफु संगै आईरहेका साथी होस्टलमा नफर्केपछि खोज्दै जादा रातीको ३ वजे साथीहरुले मगर र भण्डारीको शवलाई वाटोमा फेला पारेका थिए । लुटेराहरुले उनीहरु संग रहेको मोवाइल सेट र पैसा लुटेर लगेका छन । मगरको पेटमा र भण्डारीको घाटी रेटर हत्या गरिएको छ । मृतक दुवैको शवलाई स्थानिय सुल्तान अब्दुल हालीम अस्पतालमा पोस्टमार्टमको लागि राखिएको छ । उनीहरु दुवै काठमाडौंको बसुन्धरास्थित कालिका मेनपावरबाट २६ महिना अघि मलेसिया पुगेका थिए । मृतक भण्डारीको २ छोरी, श्रीमती र बुवाआमा रहेका छन् ।
यसरि क्रमिक रुपमा नेपाली श्रमिकहरुको हत्या हुँदा नेपाली श्रमिकहरु थप आतंकित बन्न थालेका छन् भने निर्दोष नेपाली श्रमिकहरुको हत्याको खबरले अहिले पुरै मलेसियाका श्रमिकहरु शोकाकुल रहेका छन्। मलेसिया स्थित क्रियाशील संस्थाहरु नेकपा एमालेको प्रवास कमिटी "प्रवासी नेपाली मजदुर संघ मलेसिया",जिफन्ट सपोर्ट ग्रुप मलेसिया, राप्ति जनसम्पर्क समिती मलेसिया,नेपाली राजदुतावास मलेसिया, पत्रकार महासंघ मलेसिया, लगाएतका संघ संस्थाहरुले गहिरो दुख व्यक्त गरेका छन् । भने प्रवासी नेपाली मजदुर संघका अध्यक्ष तथा राप्ति जनसम्पर्क समिती मलेसियाका संस्थापक अध्यक्ष अमर ओली "श्रमजीवी" ले हत्याको घोर भर्सना र निन्दा गर्नु भएको छ। भने मलेसियामा नेपाली श्रमिकहरुको सुरक्षा कसले गर्ने भन्ने प्रश्न गम्भिर रुपमा आएको बताउनु भएको छ ।

No comments: