काठमाडौ, जेष्ठ २१ - कांग्रेस र एमालेले शान्ति प्रकृया, संविधान निर्माण र राष्ट्रिय सहमतिको सरकार निर्माणलाई प्याकेजमै हल गर्नुपर्ने भन्दै माओवादीलाई सहमतिमा आउन आग्रह गरेका छन् । प्रधानमन्त्री निवास वालुवाटारमा शुक्रबार विहान बसेको ति दुई दलको बैठकले तीन बुँदे सहमतिलाई अक्षरस पालना गर्नुपर्नेमा कांग्रेसले सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको थियो ।
सहमति कार्यान्वयन सम्बन्धमा भएको प्रगति र माओवादीको असन्तुष्टिबारे पनि बैठकमा छलफल भएको कांग्रेस प्रवक्ता अर्जुननरसिंह केसीले जानकारी दिए । माओवादीले गर्ने आन्दोलनबारे पनि छलफल भएको उनले जानकारी दिए । माओवादीलाई आन्दोलन गर्ने छुट भएपनि त्यसले सहमति कार्यान्वयनमा बाधा उत्पन्न भए त्यसको परिणामको दोषी माओवादी हुनुपर्ने केसीले बताए ।
कांग्रेस र एमालेले तीन बुँदे सहमतिको मर्म र भावनामाथि कुठाराघात गरेको आरोप लगाउदै माओवादीले सरकार विरुद्ध आन्दोलन गर्ने निष्कर्ष निकालेको भोलिपल्ट ति दुई दलले माओवादीले सम्झौता पालना नगरेसम्म प्रधानमन्त्रीले राजीनामा नदिने अडान दोहोर्याएका हुन् । तीन बुँदे सहमति अनुसार माओवादीले संविधान निर्माण, लडाकु समायोजन, वाईसीएलको अर्द्ध सैनिक संरचना भंग, कब्जा सम्पत्ती फिर्ता लगायतका बिषयमा समयसीमा सहितको स्पष्ट कार्ययोजना ल्याएपछिमात्रै प्रधानमन्त्रीले राजीनामा दिने कांग्रेस र एमालेले अडान राख्दै आएका छन् ।
माओवादीले घात गर्यो : कांग्रेस-एमाले
प्रमुख सत्तारुढ दल कांग्रेस-एमालेले जेठ १४ गते मध्यराति भएको सहमतिप्रति घात गर्दै माओवादीले एकपक्षीय रुपमा आन्दोलनको घोषणा गरेको आरोप लगाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको दुई दलका मुख्य नेताहरुको बैठकले सहमतिको बाटो छाडेर माओवादीले बेइमानी गरेको आरोप लगाए।
सहमतिका लागि माओवादीले प्रधानमन्त्रीको राजीनामा पहिलो शर्तको रुपमा उठाएको थियो। कांग्रेस-एमालेले १४ जेठमा भएका तीन बुँदामध्ये सेना समायोजनको बुँदा कार्यान्वयनको स्पष्ट मार्गचित्र आएपछि मात्र प्रधानमन्त्रीले राजीनामा दिने अडान राखेका थिए।
सहमतिको मर्ममाथि कुठाराघात: माओवादी
एकीकृत नेकपा माओवादीले सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिएर नेपाली कांग्रेस र नेकपा एमालेबाट जेठ १४ मा भएको तीनबु“दे सहमतिको मर्म र भावनामाथि गम्भीर कुठाराघात भएको निष्कर्षनिकालेको छ । माओवादी स्थायी समितिको बिहीवार बसेको बैठकले सो निष्कर्षनिकालेको हो । 'सहमतिको अभावमा अवरुद्ध संविधान र शान्ति निर्माण प्रक्रियालाई सहमतिका आधारमा अगाडि बढाउने नया“ समझदारीको आरम्भ बिन्दु मानिएको यही जेठ १४ गतेको तीनबु“दे सहमतिको मर्म र भावनामाथि कांग्रेस र एमालेबाट गम्भीर कुठराघात भएको छ'- बैठकपछि अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।'
तीनबु“दे सहमतिको 'अपव्याख्या गरेर जनताको अपेक्षामाथि प्रहार गर्दै' अन्ततः कांग्रेस र एमालेले सहमतिका लागि पा“च दिनभित्र प्रधानमन्त्रीले राजीनामा दिने अलिखित समझदारीलाई तोडेको आरोप पनि विज्ञप्तिमा लगाइएको छ । सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिनुलाई माओवादीले 'राजनीतिक बेइमानी र अनैतिकताको अर्को नग्नता' भनेर टिप्पणी गरेको छ । यस सर्न्दर्भको आधारभूत र प्रमुख प्रश्न प्रधानमन्त्रीको राजीनामा नभएर वस्तुतः सहमतिका आधारमा शान्ति र संविधान निर्माणमा अगाडि बढ्ने वा नबढ्ने भन्ने नै हो'- अध्यक्ष प्रचण्डको विज्ञप्तिमा भनिएको छ- 'हाम्रो पार्टर्ीी गतवर्षेखि नेका र एमालेको रवैयालाई सहमति, शान्ति र संविधानविरोधी रवैयाका रुपमा गर्दै आएको आलोचनालाई तीनबु“दे सहमतिको उल्लंघनले थप पुष्टि गरेको छ ।'
नेपाली जनताले निर्वाचनमार्फ् सबैभन्दा ठूलो दलको रुपमा संविधानसभामा पठाएको आफ्नो पार्टर्ीीई अलग्याउन खोजिएको भन्दै विज्ञप्तिमा भनिएको छ- 'यसबाट शान्ति, संविधान र परिवर्तनविरोधी चालबाजीबाहेक अरु केही नभएको तथ्य पनि झन् र्छलङ्ग भएको छ ।'यो सरकारले 'हत्या, आतंक, अपहरण, दण्डहीनता र अराजकताका बेलगाम श्रृंखला एवं महङ्गी र भ्रष्टाचारको नया“ कर्ीर्तिमान कायम गरेको' आरोप लगाउ“दै विज्ञप्तिमा जनआन्दोलनका अपराधीलाई समेत विभूषित गरेर सरकारले प्रतिगामी दिशा समातेको उल्लेख छ ।
सरकारविरुद्ध असहयोग र आन्दोलन
वर्तमान सरकारले सहमति र परिवर्तनविरुद्ध प्रतिगमन र यथास्थितिकै पक्षपोषण गर्ने गतिविधि गरिरहेको भन्दै माओवादीले सरकारविरुद्ध असहयोग आन्दोलन गर्ने घोषणा समेत गरेको छ । अर्को स्थायी समितिको बैठकले असहयोग आन्दोलनका कार्यक्रम घोषणा गर्ने माओवादीले जनाएको छ । बिहीवारको स्थायी समिति बैठकले जनताको शान्ति र परिवर्तनको आकांक्षा एवं शहीदको सपनाप्रति पर्ूण्ा प्रतिबद्धतासहित सहमतिका आधारमा शान्ति र संविधान सुनिश्चित गर्ने आफ्नो आन्दोलनलाई निरन्तर अगाडि बढाउने दृढता प्रकट गरेको छ ।
संसद बैठक बहिष्कार
यसैबीच माओवादीले बिहीवार व्यवस्थापिका-संसदको बैठक बहिष्कार गरेको छ । यही जेठ १४ गते संविधानसभाको म्याद थप्नेक्रममा प्रमुख तीन राजनीतिक दलबीच भएको सहमतिअनुसार प्रधानमन्त्रीले राजीनामा नदिएकोमा बिरोध गर्दै माओवादीले बहिष्कार गरेको हो । माओवादी सभासद् देव गुरुङले प्रधानमन्त्रीले राजीनामा दिएर राष्ट्रिय सहमतिको बाटो खुला गर्ने शर्तमा संविधानसभाको अवधि बढाउन आफ्नो दल राजी भएको तर प्रधानमन्त्रीले राजीनामा नदिई छलपर्ूण्ा व्यवहार गरेकालेे अबको सहमतिको यात्रा गम्भीर बनेको बताउनुभयो ।
No comments:
Post a Comment