उदय जीएम दाङ, असार : भीष्म एकता परिषद् नेपाल नामक नामै नसुनिएको पार्टीको मध्यपश्चिमाञ्चल क्षेत्रस्तरीय बन्दले दाङको जनजीवन पूरै ठप्प भएको छ । परिषद्ले पर्चा वितरण गरी बन्दको आव्हान गरेपछि उद्योगधन्दा, कलकारखाना, शिक्षणसंस्था, बजार र यातायात सेवा पूर्णतः ठप्प रहेका छन् । छोटो तथा लामो दूरीका कुनै पनि सवारीसाधन चलेका छैनन् ।
भीष्म एकता परिषद्ले आफ्नो पर्चामा असार ७ र ८ गते मध्यपश्चिम आमहडताल आव्हान गरेको र त्यसलाई बेवास्ता गरी हडतालको अवज्ञा गरेमा जुनसुकै मिति र समयमा कुनै जानकारीबिना नै कारवाही गरिने चेतावनी दिइएको थियो । सोही चेतावनीका कारण यसअघि नामै नसुनिएको पार्टीको बन्दले यति धेरै प्रभाव पारेको हुनसक्ने अनुमान गरिएको छ ।
पर्चामा २०६३ सालमा सुदूरपश्चिमबाट परिषद्को स्थापना भएको र हिन्दू अधिराज्यलगायतका मागहरु राखी संघर्ष गर्दै आएको उल्लेख छ । उसले २०६६ असोज २१ गते शान्तिपूर्ण सुदूरपश्चिम बन्द सफल पारेको दावी गरेको छ । त्यसपछि चैत ९ गते सुदूर र मध्यपश्चिम बन्दको आव्हान गरिएकोमा हिन्दू धर्म भएको देश हर्ेन नचाहनेहरुले अवज्ञा गर्दा सुदूर पश्चिममा एकदर्जन बढी सवारीसाधनहरुमा आगजनी भएको पर्चामा उल्लेख छ । पर्चामा २०६२/०६३ को जनआन्दोलनमा जनताले राजतन्त्रको बारेमा फैसला गरेको तर धर्मनिरपेक्षताको विषयमा कुनै फैसला नगरेकाले यस विषयमा विचार नगरिएसम्म संघर्ष जारी रहने जनाइएको छ ।
वर्तमान सरकारलाई जनविरोधी सरकारको संज्ञा दिँदै पर्चामा यसको राजीनामा र र्सवदलीय सरकारको माग पर्चामा उल्लेख छ । त्यस्तै, नेपाल हिन्दू अधिराज्य स्थापना हुनुपर्ने, नयाँ संविधानको बैधता जनमत संग्रहबाट गरिनुपर्ने, जातीय संघीयता चाहिँदैन, अपराधिक गिरोहलाई नियन्त्रण, राष्ट्रिय जनावर गाई हुनुपर्ने, शान्ति स्थापना हुनुपर्ने, भूमिहीनहरुको पुनर्स्थापना, द्वन्द्वपीडितलाई राहत र पुनर्स्थापना, प्राकृतिक स्रोतसाधनको जगर्ेना लगायतका मागहरु पर्चामा उल्लेख गरिएको छ ।
हल्कारा नेपाल
No comments:
Post a Comment